उपाहार न्यूज
उदयपुर फागुन २९
शिवरात्रीको अबसरमा उदयपुरका विभिन्न शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको दर्शनको लागि घुईचो लागेको छ, उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित ढिम्की मन्दिरमा पनि यस बर्ष शिवरात्रीको अबसरमा विगत बर्षहरुमा झै श्रद्धालु भक्तजनहरुको घुईचो लागेको थियो ।
श्रद्धालु भक्तजनहरुलाई सहजताको लागि गाईघाटमा संचालनमा रहेको तुलसी बहुमुखी सहकारी संस्था तथा संचालनमा आउन लागेको गार्डेन मार्ट डिपार्टमेण्ट स्टोरले चिया तथा पानी निःशुल्क वितरण गरेको छ । सहकारी तथा डिपार्टमेण्टले शिवरात्रीको दिन विहान ६ बजे देखि दिउसो सम्म करिब पाँच हजार बढि श्रद्धालुहरुलाई निःशुल्क चिया तथा पानी वितरण गरेको हो । सामाजिक उत्तरदायीत्व बहन गर्ने क्रममा सहकारीले श्रद्धालुहरुलाई चिया तथा पानी वितरण गरेको तुलसी बहुमुखी सहकारी गाईघाटका शाखा प्रबन्धक सिताराम अधिकारीले जानकारी दिनु भयो ।