उपहार न्यूज
अत्तरीया श्रावण २५
नेपाल राष्ट्रिय विमा अभिकर्ता संघ सुदुरपश्चिम प्रदेश सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका अभिकर्ताहरुको सुदुरपश्चिम प्रदेश स्तरीय प्रथम भेला सम्पन्न भएको छ । भेलाले गोपिसिंह साउदको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रा रिजाल र रुपेश केसी, सचिवमा राजेन्द्र बिष्ट, सह–सचिवमा नर बहादुर महरा, कोषाध्यक्षमा गंगा कुँवर सदस्यहरुमा चन्द्रा दाहाल, बहादुर राना, जस साउद, गंगाराम चौधरी र विरेन्द्रसिंह धाड चयन भएका छन् ।
संघका केन्द्रिय उपाध्यक्ष विरेन्द्रसिंह बोहोराको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा नेपाल राष्ट्रिय विमा अभिकर्ता संघ सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका बरिष्ठ उपाध्यक्ष श्याम गुरुङ, विमा अभिकर्ता संघका केन्द्रिय उपाध्यक्ष रामजी पोखरेल, केन्द्रिय सहसचिव सुभास रिजाल लगायतको उपस्तिथी रहेको थियो ।