उपहार न्यूज
उदयपुर बैशाख २२
नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक साधरण सभाबाट उदयपुरका व्यवसायी रमेश रसाईली केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । महासंघको कोशी प्रदेश भुगोलबाट रसाईली केन्द्रिय सदस्यमा निर्वाचन हुनु भएको हो । उद्योग वाणिज्य संघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षले मात्रै मताधिकार रहेको छ । कोशी प्रदेश भुगोलबाट २ जना केन्द्रिय सदस्यका लागि ६ जनाले प्रतिस्पर्धा गरेका थिए । कुल ३० मतदाता मध्य रसाईली १५ मत प्राप्त गर्दैै केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । त्यसैगरी कोशी प्रदेश भुगोलबाटै १६ मत प्राप्त गर्दै जीवन पराजुली समेत केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ ।
उदयपुरका रसाईली त्रियुगा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष साथै सुनचादी व्यवसायी महासंघका कोशी प्रदेश अध्यक्ष समेत रहनु भएको छ । उदयपुर सदरमुकाम गाईघाटमा सुनचादी व्यवसायी रहनु भएका रसाईली उपहार मिडिया ग्रुप प्रा.लिद्धारा संचालित उपहार एफ.एम ९५.४ मेघाहर्जका संचालक समिति सदस्य समेत हुनुहुन्छ । उहाँ उदयपुरमा दर्जन बढि सामाजिक संघ संस्थाहरुमा समेत आबद्ध रहनु भएको छ ।