उपाहार न्यूज
उदयपुर असोज २८
विभिन्न व्यक्तिहरुको जन्म दिनमा तपाई के उपाहार दिनु हुन्छ पक्कै पनि तपाईले दिने उपाहार विभिन्न हुन सक्छन् तर गाईघाटमा स्थानिय गंगा बहादुर तामाङ र मममाया तामाङले आफ्नो नातीनी लिजा डोल्मा तामाङको जन्म दिनको अबसरमा विमा पोलेसी उपाहार दिएका छन् ।

विमा प्रति नागरिकहरुको दिनप्रतिदिन जनचेतना अभिबृछि हुन थाले पछि जन्मउत्सव तथा विवाहका कार्यक्रमहरुमा विमा पोलेसीले उपाहार स्वरुप दिने प्रचलन सुरु भए संगै तामाङ दम्पतीले नातीनी डोल्मा तामाङलाई जन्मदिनमा रिलाईबल लाईफ इन्सुरेन्स गाईघाट शाखाबाट उपाहार स्वरुपम १० लाख बराबरको सुलभ बाल जीवन विमा योजना उपाहार स्वरुप प्रदान गर्नु भएको शाखा प्रबन्धक उमा कटुवालले जानकारी दिनु भयो । रिलाइबल लाइफ इन्सुरेन्सको विमा पोलेसी राम्रो र कम रकममै प्रिमियम भुक्तानी गर्न मिल्ने भएकाले विमा पोलेसी उपाहार स्वरुप प्रदान गरिएको परिवार श्रोतले जनाएको छ ।