Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

५९ अर्बको वैदेशिक सहायता आप्रवाह, एक खर्ब सात अर्बको प्रतिबद्धता

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १४ २०७६
५९ अर्बको वैदेशिक सहायता आप्रवाह, एक खर्ब सात अर्बको प्रतिबद्धता

जेठ १४  २०७६ काठमाडौं स् चालु आर्थिक वर्षमा सरकारले प्रतिबद्धता जनाएको वैदेशिक अनुदानमध्ये न्यून मात्रै रकम आएको छ। आर्थिक सर्वेक्षण २०७६ अनुसार चालु आर्थिक वर्षको आठ महिना अवधिमा वैदेशिक अनुदान आठ अर्ब २९ करोड रुपैयाँ आप्रवाह भएको छ। गत वर्ष यही अवधिमा १५ अर्ब २५ करोडको अनुदान रकम आएको थियो।

सरकारले चालु आथिक वर्षमा ५५ अर्ब ८९ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेकोमा फागुन मसान्तसम्म १४ प्रतिशत मात्रै अनुदान प्राप्त भएको छ। अनुदान गत वर्षको सोही अवधिको तुलानामा ४५ प्रतिशतले घटेको छ। आठ महिनासम्म प्रतिबद्धता गरेको अनुदान रकम भने १३ अर्ब ४१ करोड छ।

ऋण भने गत वर्षको तुलनामा बढेको देखिएको छ। गत वर्ष आठ महिनामा २९ अर्ब ३८ करोड रुपैयाँ ऋण प्राप्त भएकोमा चालु आर्थिक वर्षको आठ महिनामा ५० अर्ब ४२ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ।। चालु आर्थिक वर्षमा सरकारले दुई खर्ब ५३ अर्ब ८२ लाख वैदेशिक ऋण प्राप्त हुने योजनासहित बजेट बनाएको थियो। त्यसमध्ये फागुमसान्तसम्म १९ प्रतिशत ऋण आएको हो। आठ महिनामा नै आउने प्रतिबद्धता रकम भने बढी रहेको छ।

आठ महिनामा अनुदान र ऋण गरी एक खर्ब सात अर्बको प्रतिबद्धता आएको छ। तर आप्रवह भएको रकम भने ५९ अर्ब रहेको छ। सरकारले आगामी आर्तथिक वर्षका लागि तीन खर्ब ६६ अर्ब रुपैयाँ वैदेशिक सहयता ९ऋण, अनुदान० लिनुपर्ने अनुमान गरेको  छ। चालु आर्थिक वर्षमा यस्तो सहायता तीन खर्ब ११ अर्ब रुपैयाँ अनुमान गरिएको थियो।

Last updated:2019 May 28 Tuesday 05:08:21

प्रतिक्रिया
सम्बन्धित समाचार