Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

असार १ गते देखि उदयपुरका सहकारीहरु संचालन हुने,सबै सहकारीले तीन महिनाको हर्जनाा पूर्ण मिनाह गर्ने

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ २६ २०७७
असार १ गते देखि उदयपुरका सहकारीहरु संचालन हुने,सबै सहकारीले तीन महिनाको हर्जनाा पूर्ण मिनाह गर्ने

उपाहार न्यूज
उदयपुर जेठ २६
सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउदै लग्न थाले पछि उदयपुरमा संचालित बचत तथा ऋण सहकारीहरु असार १ गते देखि संचालनमा आउने भएको छ । बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेडले आईतबार विज्ञप्ती जारी गर्दै कोभिड १९ का कारण देशभरका व्यापार व्यवसाय बन्द रहेको सरकारले पछिल्लो पटक बन्दाबन्दी खुकुलो बनाउने भए पछि सहकारी संचालनमा ल्याउन लागिएको संघका अध्यक्ष सरोजकुमार बस्नेतले जानकारी दिनु भयो ।
असार १ गते देखि बिहान ११ देखि १ बजेको समयमा सुरक्षाका उपकरणहरु प्रयोग गरेर सहकारी संचालन गर्न जिल्लाभरका सहकारीलाई संघले अपिल गरेको छ ।
सहकारी संघले सहकारीमा आबद्ध सम्पूर्ण कर्मचारीको अनिवार्य रुपमा कोरोना विमा गराउने, सहकारी संचालनमा आएका घर धनीलाई चैत, बैशाख र जेठ महिनाको घर बाहाल मिनाहका लागी अनुरोध गर्ने साथै घर धनीाई ५० प्रतिशत छुटको माग राख्ने संघले निर्णय गरेको जनाएको छ ।
त्यसैगरी बचत कर्तालाई कोरोना भाईरसको संक्रमण सामान्य नभए सम्म बचतको १० प्रतिशत ववा २० हजार सम्म मात्र भुक्तानी गर्ने, त्यसै सहकारीले लगानी गरेको ऋणमा चैत, बैशाख र जेठ महिनाको हर्जना पूर्ण मिनाहा गर्ने साथै तीन महिनाको सावा व्याज चुक्ता गर्न आएमा ब्याजमा २५ प्रतिशत सम्म मिनाह गर्ने निर्णय गरेको सहकारी संघले जनाएको छ ।

Last updated:2020 Jun 08 Monday 06:22:39

प्रतिक्रिया
सम्बन्धित समाचार