उपहार न्यूज
उदयपुर चैत १४
रौतामाई गाउँपालिकाले कोरोना भाईरस संक्रमण रोक्नलागि गरिने कामको लागि भन्दै १० लाखको कोष स्थापना गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीको पारिश्रामिक तथा पालिकाबाट १० लाखको कोष स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले जानकारी दिनु भयो । गाउँपालिकाले स्वास्थ्यचौकी मुकुर्चीमा ३ वेडको करेनटाइन स्थापना गरए संगै पालिकाको सबै स्वास्थ्य चौकीहरुमा हेल्प डेक्स स्थापना गरिएको जनाएको छ ।
रौतामाई गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको नामवली अध्यावधि गर्ने काम गरीरहेको र स्वास्थ्य सचेतना जगाउने काम गरीरहेको पालिका प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनु भयो ।