उदयपुर, चैत ११
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय देउरीले आज गाईघाटस्थित होटल ग्रिन प्यालेसमा समूह अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको वार्षिक नीति तथा कार्यक्रमअनुसार हरेक वर्ष समूह पदाधिकारीहरूलाई लक्षित गर्दै यस्तो गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइएको छ।
त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं। १२ का वडाध्यक्ष नवीन कुमार राई विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै संस्थाको धरान अनुगमन कार्यालयका अनुगमन अधिकृत विष्णु विश्वकर्माको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा ११० वटा समूहका करिब १३० जना सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई वित्तीय ज्ञान, बचत, लगानी तथा आर्थिक अनुशासन सम्बन्धी विषयमा सचेतना प्रदान गरिएको थियो। संस्थाका देउरी शाखा प्रमुख हरिराम चौधरीले सदस्यहरूलाई वित्तीय रूपमा साक्षर बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू प्रत्येक वर्ष सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो।
