Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

महुली लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

  • उपहार न्यूज
  • बुधबार, बैशाख ३० २०८३
महुली लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गोपालकृष्ण तिम्सिना
गाईघाट, वैशाख ३० — महुली लघुवित्त वित्तीय संस्था ले उदयपुरको गाईघाटस्थित ग्रीन पार्टी प्यालेस होटलमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।
चन्द्रकुमारी मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा १२६ जना केन्द्र प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वित्तीय साक्षरता, बचत, बिमा, सदस्य संरक्षण कोष, केन्द्र बैठक तथा समूहको महत्वका विषयमा जानकारी गराइएको थियो। साथै सदस्यहरूको गुनासो सुनुवाइ तथा सम्बोधनसमेत गरिएको शाखा प्रमुख अनिलकुमार चौधरीले जानकारी दिए।
वि.सं. २०६४ सालदेखि त्रियुगा नगरपालिकाका सबै वडासहित खोटाङ जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्दै आएको संस्थाले विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ। हाल संस्थामा १ हजार ९ सय १२ जना सदस्य आबद्ध रहेका छन्। संस्थाले सदस्यहरूलाई बचत तथा कर्जा सेवा, सुत्केरी सुविधा, कर्जा बिमा सुविधा तथा सदस्यका श्रीमानको मृत्यु हुँदा राहत सुविधा उपलब्ध गराउँदै आएको बताइएको छ।
संस्थाका अनुसार हाल सदस्यहरूको कुल बचत रकम ७ करोड ५० लाख रुपैयाँ रहेको छ भने कर्जा लगानी रकम २० करोड ३६ लाख रुपैयाँ पुगेको छ।
कार्यक्रममा उत्कृष्ट केन्द्र, उत्कृष्ट सदस्य, उत्कृष्ट उद्यमी तथा उत्कृष्ट बचतकर्तालाई सम्मानपत्र, पुरस्कार र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा महुली लघुवित्तका केन्द्र तालिम विभागीय प्रमुख गुणराज ढकाल तथा अनुगमन प्रमुख महेश्वर प्रसाद चौधरीको समेत उपस्थिति रहेको थियो।

Last updated:2026 May 13 Wednesday 12:11:59

प्रतिक्रिया
सम्बन्धित समाचार