Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

युरोपमा नेपाली पत्रकारको भुमिका महत्त्वपूर्ण – अध्यक्ष शर्मा

  • उपहार न्यूज
  • आइतबार, बैशाख २७ २०८३
युरोपमा नेपाली पत्रकारको भुमिका महत्त्वपूर्ण – अध्यक्ष शर्मा

बिज्ञान पराजुली
पोर्चुगलको राजधानी लिस्बोनमा ,प्रवासी नेपाली पत्रकारिताको वर्तमान अवस्था, यसको चुनौती र भविष्य बारे छलफल गरिएको छ। ,नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा सनिवार सम्पन्न कार्यक्रममा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।
कार्यक्रममा युरोपका विभिन्न देशमा सक्रिय नेपाली सञ्चारकर्मीहरूबीच अनुभव आदान–प्रदान, पेशागत चुनौती र संस्थागत सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले प्रवासमा पत्रकारितालाई निरन्तरता दिनु आफैँमा चुनौतीपूर्ण भए पनि नेपाली समुदायका आवाजलाई स्थापित गर्न यसको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

अध्यक्ष शर्माले विदेशमा बसेर पनि नेपाली भाषा, संस्कृति र समुदायका सरोकारलाई सञ्चारमाध्यममार्फत जीवन्त राख्न पत्रकारहरूले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताइन् । उनले पत्रकारिता समाजलाई जोड्ने माध्यम भएकाले यसलाई अझ जिम्मेवार, तथ्यपरक र विश्वसनीय बनाउनुपर्ने भन्दै डिजिटल माध्यमको विस्तारसँगै सूचना प्रवाह तीव्र हुँदै गर्दा पत्रकारहरूले सत्यतामा आधारित सामग्री उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । प्रवासमा रहेका नेपालीका समस्या, उपलब्धि र आवाजलाई विश्वसामु पुर्‍याउन पत्रकारहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूले सीमित स्रोत–साधन, समय अभाव र आर्थिक चुनौतीका बाबजुद पनि प्रवासी समुदायका मुद्दा उठाइरहनु आफ्नो जिम्मेवारी भएको बताएका थिए। उनीहरूले नेपाल पत्रकार महासंघ केन्द्र र युरोप शाखाबीच नियमित समन्वय, तालिम र पेशागत सहकार्य आवश्यक रहेको धारणा पनि राखेका थिए।

कार्यक्रम ,नेपाल पत्रकार महासघ युरोप शाखाका उपाध्यक्ष बासु सत्याल को अध्यक्षतामा सम्पन्न भएको थियो।

Last updated:2026 May 10 Sunday 11:59:11

प्रतिक्रिया
सम्बन्धित समाचार