Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरका चार विद्यालयमा वृक्षारोपण तथा वातावरण सचेतना कार्यक्रम सम्पन्न

  • उपहार न्यूज
  • मंगलबार, बैशाख २९ २०८३
उदयपुरका चार विद्यालयमा वृक्षारोपण तथा वातावरण सचेतना कार्यक्रम सम्पन्न

उपहार न्यूज
उदयपुर, बैशाख २९
वातावरण तथा जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत वातावरण सचेतनासहितको विद्यालय सुधार कार्यक्रम उदयपुरका चार वटा विद्यालयमा सम्पन्न गरिएको छ । कार्यक्रम अन्तर्गत श्री जनता आधारभूत विद्यालय त्रियुगा नगरपालिका–१३ देउरी, श्री जनता माध्यमिक विद्यालय दमौती त्रियुगा नगरपालिका–५, श्री पञ्चकन्या प्राथमिक विद्यालय त्रियुगा नगरपालिका–५ तथा श्री जनप्रेमी आधारभूत विद्यालय त्रियुगा नगरपालिका–१३ मा सौन्दर्यमूलक विभिन्न जातका ५० वटा बिरुवा वृक्षारोपण गरिएको हो ।
त्यसैगरी विद्यालय परिसरको सरसफाइ व्यवस्थापनका लागि ४४ थान डस्टविन सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रममा कक्षा १ देखि ८ सम्म अध्ययनरत करिब २०० देखि ३०० जना छात्र–छात्राहरुलाई वन तथा वातावरण संरक्षण सम्बन्धी सचेतना तथा अभिप्रेरणा प्रदान गरिएको थियो ।
विद्यालयस्तरमै वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको जनाइएको छ । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

Last updated:2026 May 12 Tuesday 14:04:56

प्रतिक्रिया
सम्बन्धित समाचार