Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

गाईघाट बैंकर्सको आयोजनामा ग्लोवल मनि विकको अबसर पारेर प्रभातफेरी

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र ६ २०८२
गाईघाट बैंकर्सको आयोजनामा ग्लोवल मनि विकको अबसर पारेर प्रभातफेरी

उपहार न्यूज
गाईघाट चैत ६
ग्लोवल मनि विक २०२६ को अवसर पारेर उदयपुरको गाईघाटमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । गाईघाट बैंकर्सको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाईघाट बजार क्षेत्रमा कार्यरत विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
“भविष्यका लागि बचत गरौं” र “सुरक्षित डिजिटल बैंकिङको प्रयोग गरौं” जस्ता वित्तीय साक्षरता अभिवृद्धि गर्ने नारासहित प्लेकार्ड बोकेर निस्किएको प्रभातफेरीले गाईघाट मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो। कार्यक्रममार्फत विशेषगरी युवा तथा विद्यार्थीहरूमा वित्तीय चेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । प्रभातफेरीका क्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले सर्वसाधारणलाई बचतको महत्व, सुरक्षित डिजिटल बैंकिङ प्रयोग, तथा आर्थिक अनुशासनबारे जानकारी गराएका थिए । बजार परिक्रमाः पिपल चोकबाट सुरु भई गाईघाट बजार परिक्रमा गर्दै मुख्य चोकमा पुगेर समापन भएको थियो । सामूहिक सहभागिताः विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । यस प्रकारका कार्यक्रमले आम नागरिकमा बैंकिङ प्रणालीप्रति विश्वास अभिवृद्धि गर्नुका साथै विशेषगरी युवा पुस्तालाई आर्थिक रूपमा जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास गरिएको छ । विश्वभर मार्च १६ देखि २२ सम्म मनाइँदै आएका ग्लोवल मनि विक नेपालमा पनि नेपाल राष्ट्र बैंक को समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रममार्फत मनाइँदै आएको छ।

Last updated:2026 Mar 20 Friday 13:41:56

प्रतिक्रिया
सम्बन्धित समाचार