किरण ढुंगाना
काठमान्डौ, असोज १४ ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघको रास्ट्रीय सम्मेलन तथा पहिलो महाधिवेशनले महासंघको केन्द्रिय महासचिवमा उदयपुरका अजय कुमार साह र केन्द्रिय सदस्य सहित कोशी प्रदेश संयोजकमा नजबुल खानलाई सर्वसम्म्त चयन गरेको छ । असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित साह उदयपुरमा लामो समय सम्म पत्रकारिता र मानव अधिकारको क्षेत्रमा कृयासिल ब्यक्ति हुन ।
महिला अधिकारको क्षेत्रमा निरन्तर काम गरिरहेकी अधिकारकर्मी खान हालसालै महिला आयोगबाट सम्मान पाएकी ब्यक्ती हुन। खान बिगत २० बर्ष निरन्त्रर महिलाहरुको हक अधिकारको लागि आबाज उठाईरहेकी छिन। खान आसनमा महिला, भाषणमा महिला, शासनमा महिला रास्ट्रीय ( आभासा ) अभियानकी अभियन्ता पनि हुन। उनी हाल मुलधार महिला सेवा समाज (मासबेस) गैरसरकारी सस्थामा अध्यक्ष भएर काम गरिरहेकी छिन।
अधिवेशनले महासंघको अध्यक्षमा उमिद बागचन्दको सर्वसम्मत चयन गरेको छ । महासंघका संस्थापक अध्यक्ष समेत रहेका बागचन्द पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । देशका सातवटै प्रदेशका जिल्लाहरुका प्रतिनिधीले बागचन्दलाई पुन अध्यक्षमा चयन गरेका हुन् । त्यस्तै महासंघको बरिष्ठ उपाध्यक्षमा तारा बहादुर भण्डारी, उपाध्यक्षमा बृजराज कुशवाह, महिला उपाध्यक्षमा दुर्गा तिवारी चयन भएको निर्वाचन समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिए ।
त्यस्तै सचिवमा प्रेम भक्त रेग्मी, कोषाध्यक्ष पुष्पा शर्मा निर्विरोध चयन भए । यसैगरी महासंघको केन्द्रिय सदस्यमा सरस्वती तिवारी, राजेश बागचन्द, दुर्गा परियार, श्रवण देउवा, लवदेव ढुंगाना, सन्तोष पाण्डे, राजकुमार कार्की, शिवराज बस्ताकोटी, राजु लामिछाने, डिवी विष्ट र भिम लामा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महासंघको प्रदेश संयोजकमा कोशी प्रदेशमा उदयपुरकी खान सहित, मधेश प्रदेशमा अजय शाह, बागमती प्रदेशमा गुलाब कुमार चौधरी, गण्डकी प्रदेशमा यदुनाथ बन्जारा, लुम्बिनीमा हेमन्त कर्माचार्य, कणर्ालीमा खगेन्द्र भट्टराई र उपत्यका प्रदेश कमिटि संयोजकमा पूणर् प्रसाद मिश्र चयन भएका छन् । सुदुरपश्चिम प्रदेश संयोजक भने चयन नभइसकेको महासंघले जनाएको छ । महासंघको केन्द्रिय समितीमा प्रदेश संयोजक समेत सदस्य रहने ब्यवस्था छ ।
महासंघमा देशभरका सूचनाको हकका अभियान्ताहरु आवद्ध छन् । महासंघले आयोजना गरेको पहिलो सम्मेलनको उद्घाटन बिहिबार प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले गरेका थिए भने शुक्रबार भएको महाधिवेशनका उद्घाटन राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महिन्द्रमान गुरुङले गरेका थिए ।