Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

अक्सिजन प्लाण्टका लागि ३० लाख सहयोग जुट्यो

  • उपहार न्यूज
  • बिहिबार, असार १० २०७८
अक्सिजन प्लाण्टका लागि ३० लाख सहयोग जुट्यो

उपाहार न्यूज
उदयपुर असार १०
बेलका नगरपालिकाले निर्माण गर्न लागेको अक्सिजन प्लान्ट निर्माणको लागि सेवा फाउण्डेशनबाट ३० लाख सहयोग प्राप्त हुने भएको छ । युवा समाजसेवी भागवत राउतको विशेष पहलमा अक्सिजन प्लान्ट निर्माणको लागि सेवा फाउण्डेशन मार्फत ३० लाख रकम जुटेको हो ।
सेवा फाउन्डेसन नेपालको कन्ट्री डाईरेक्टर राम प्रसाद कडेल,नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिब भरत बहादुर चन्द, नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागबत राउत र बेलका नगर पालिकाका नगर प्रमुख दुर्गा कुमार थापा (स्वस्ती) बिच संयुक्त छलफल पछि आर्थिक सहयोगको लागि अगाडि बढेको नेपाल नेत्र ज्योति संघ उदयपुरका अध्यक्ष भागबत राउतले जानकारी दिए ।
अक्सिजन प्लान्ट निर्माणका लागि हाल जनस्तरबाट १० लाख र उदयपुरका स्थानिय तहहरुबाट ६० लाख रुपैया प्राप्त भैसकेको बेलका नगरपालिकाले जनाएको छ ।
कोभिड १९ को महामारीमा फाउण्डेसनले बजेट छुट्याउनै पर्ने भएको हुदा यो रकमलाई उदयपुरको बेलका नगरपालिकामा निर्माणधिन अक्सिजन प्लान्टमा निर्माणमा सहयोग गर्न लागेको फाउण्डेशनले जनाएको छ ।

Last updated:2021 Jun 24 Thursday 10:15:30

प्रतिक्रिया
सम्बन्धित समाचार