Upahar News आइतबार, कार्तिक ९ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.

कोभिड अस्पतालमा गैससको प्रतिकार्य समूहले औषधी बाड्यो

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ २४ २०७८
कोभिड अस्पतालमा गैससको प्रतिकार्य समूहले औषधी बाड्यो

भास्कर चौधरी
बेल्टार जेठ २४
कोरोना महामारीको समयमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गैर सरकारी संस्थाहरुले प्रतिकार्य समूह गठन गरेको छ । कोभिड १९ रोकथामको लागि नागरीक समाजको भुमिका पनि आवश्यकता महसुस गरि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गत समाज कल्याण परिषद को समन्वयमा सबै प्रदेशका सबै जिल्लामा स्थापित कोभिड –१९ द्रुत प्रतिकार्य समुह गठन गरेको हो।
यसै अनुरुप कोभिड १९ द्रुत प्रतिकार्य समुह ,उदयपुरले ,आज उदयपुर कोभिड अस्पताल बेल्टारमा आयुर्वेदिक औधधि बितरण गरेको हो । चौदण्डीनगरपालिकाका नगरप्रमुख खगेन्द्र राईलाई एक कार्यक्रमको आयोजना गरी औषधी हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
समुहले कोरोना प्रभावित हरुको स्वास्थ्य तथा मानवाधिकारको अवस्था अनुगमन, कोरोना प्रभावित परिवारलाई होम आईसोलेसन किट, स्वास्थ्य सामाग्री वितरण गर्ने गरेको छ ।अनुगमनबाट देखिएका समस्या सामाधान गर्न सम्बन्धित निकाय समक्ष पहल गर्ने कार्य गर्दै आएको छ।
कार्यक्रममा कोभिड १९ द्रुत प्रतिकार्य समुह्का १ न प्रदेश सल्लाहकार सिर्जना दनुवार प्रदेश संयोजक महेश्वरी राई जिल्ला सह्सम्योजक सुमन परियार जिल्ला फोकल पर्सन आनान्द खडका, जिल्ला सदस्य तथा चौदण्डीगढी फोकल पर्सन सन्तोष बस्नेत , सागर नेपाल ,माया भन्डारी लगाएत उपस्थिति रहेको थियो ।

Last updated:2021 Jun 07 Monday 16:12:43

प्रतिक्रिया
सम्बन्धित समाचार