Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर जिल्ला अस्पतालमा मृगौला रोगीका लागि ‘डाईलासिस’ सेवा सुरु

  • उपहार न्यूज
  • मंगलबार, पुष ३ २०८०
उदयपुर जिल्ला अस्पतालमा मृगौला रोगीका लागि ‘डाईलासिस’ सेवा सुरु

उदयपुर, पुस ३ ।

‘हेमो डाईलासिस’ अर्थात उपकरणको सहायताले मृर्गौला रोगीको रगत शुद्ध गर्ने पद्धतिको उपचार जिल्ला अस्पताल उदयपुरमा सुरु भएको छ । मंगलबार एक कार्यक्रमबीच संघीय सांसद तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले पाँच थान मेसिनसहितको डाइलासिस सेवा उद्घाटन गरेका हुन् ।

जिल्ला अस्पताल उदयपुरका मेसु डाक्टर ज्ञानेन्द्र झाका अनुसार मृगौला बिरामीहरुका लागि यो मेसिन अत्यावश्यक मानिन्छ । हाल जिल्ला अस्पतालमा झण्डै २ सय बढी डाईलासिस गर्नुपर्ने बिरामी रहेका छन् । यसअघि यस्ता बिरामीलाई सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा र बिराटनगरको बिभिन्न अस्पताल रेफर गरिदै आएको थियो ।

‘जिल्लाबाटै पहिलो पटक अत्याधुनिक सेवा सुरु भएको छ’ मेसु प्रधानले भने, ‘जिल्लाका नागरिकले बाहीर गएर सेवा लिन नपर्ने गरी हामीले उपचार थालेका छौँ ।’ डाइलासिस सुरु भएपछि उदयपुरसँगै छिमेकी जिल्ला खोटाङ, भोजपुर, सिन्धुली, सिराह र सुनसरीका समेत केही भूभागका सेवाग्राही लाभाम्बित हुने अस्पतालले जनाएको छ ।

के हो डाइलासिस ?

एक पटक डायलासिस गर्न करिब चार घन्टा मेसिनमा जोडिनु पर्छ । डायलासिस उपचारको एउटा पद्धति हो । कुसैको मृगौला (किड्नी) ले काम गर्न छोडेपछि ज्यान बचाउने अन्तिम उपाय हो डायलासिस । मृगौलाले काम नगरेका बिरामीको शरीरमा जम्मा भएको फोहरलाई सफा गर्ने पद्धति डायलासिस हो । शरीरमा भएको फोहर पदार्थ रगतबाट किड्नीमा जान्छ । किड्नीले त्यसलाई छानेर पिसाबको माध्यमबाट निकाल्ने गर्छ । तर जब किड्नीले काम गर्न छोड्छ त्यसपछि यसले फोहर छान्न सक्दैन । फलतः पिसाब निस्कासन हुन सक्दैन । यस्तो अवस्थामा रगतमा फोहर जम्मा हुन्छ ।

फोहर धेरै भएपछि त्यसले टाउको, मुटु, फोक्सोलगायतका अंगलाई असर गर्छ । फोहरको असर आउन थालेपछि डायलासिस गर्नै पर्ने अवस्था आउँछ ।एक पटक डायलासिस गरेपछि सधै गर्नुपर्छ भन्ने छैन । किड्नीको अवस्थाले कहिलेसम्म, कति पटक र कसरी डायलासिस गर्ने भन्ने निर्धारण हुन्छ । विशेष गरी डायलासिस गर्नुपर्ने बिरामीका तीन अवस्था हुन्छन् । पहिलो खालका बिरामीको किड्नीमा विभिन्न कारणले समस्या आएको हुन्छ । यस्ता बिरामीको केही समय किड्नीले काम गर्न सक्दैन । त्यस्तो अवस्थामा किड्नीको फोहोर फाल्न डायलासिस गर्नुपर्छ । केही समयपछि बिरामीको किड्नी पहिलाको अवस्थामा फर्किन पनि सक्छ । तर किड्नीको रोगीलाई अरू समस्या (संक्रमण,औषधीको असर) थपियो भने उसको क्रियाटिन ह्वात्तै बढ्छ । अनि किड्नीले काम गर्न छोड्छ । त्यो बेलामा पनि केही समय डायलासिस गरेपछि फर्किएर आउँछ । यद्यपी किड्नी सामान्य नभए पनि डायलासिस गर्न नपर्ने हुन सक्छ ।

तर पछि गएर भने कुनै न कुनै बेला डायलासिस चाहिन सक्छ ।डायलासिस गरेपछि अपनाउनु पर्ने सावधानीयस्ता बिरामीले खानामा नियन्त्रण गर्नुपर्छ । उनीहरूको पिसाब नआउने भएकाले पानी खानसमेत नपाउने हुन्छन् । कतिपय हामी पानी खान नपाउने बिरामी भनेर भनेका हुन्छन् । पानी पनि मात्रा तोकेर खानुपर्छ । पिसाब नआउने भएपछि पानी धेरै खान हुँदैन। पानी धेरै खायो भने त्यो खुट्टादेखि फोक्सोसम्म जम्न सुरू हुन्छ । जसले गर्दा श्वास फेर्न गाह्रो हुन्छ अनि इमर्जेन्सी डायलासिस गर्नुपर्ने हुन्छ । त्यसैले खानपीनदेखि हरेक कुरामा सावधानी अपनाउनुपर्छ । मृगौला प्रत्यारोपण गरेपछि भने उसले मजाले पिसाब निकाल्न सक्छ किनकी अरूको किड्नी राखे पनि एउटा किड्नीले पर्याप्त काम गरेको हुन्छ ।

उद्घाटन समयका तस्वीरहरु :

Last updated:2023 Dec 19 Tuesday 15:43:06

प्रतिक्रिया
सम्बन्धित समाचार