Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जिवीकोपार्जन कार्यक्रमअन्तर्गत उदयपुरमा ६८ जनालाई सीपमूलक तालिम दिइदै

  • उपहार न्यूज
  • बिहिबार, असार ३० २०७९
जिवीकोपार्जन कार्यक्रमअन्तर्गत उदयपुरमा ६८ जनालाई सीपमूलक तालिम दिइदै

देबराज राई-
उदयपुर, असार २९ ।

युवा युवतीलाई सीपमार्फत आन्तनिर्भर बनाउन वल्र्डभिजन इन्टरनेशनल नेपाल र हुरेण्डेक उदयपुरको साझेदारीमा हाउसवाईरिङ र सिलाईकटाई तालिम सुरु भएको छ । सीप सिकेर स्थानीय स्तरमै जिविकोपार्जन सहज बनाउन जिल्लाको उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकासँगै ताप्ली गाउँपालिका गरी तीन स्थानीय तहका ६८ जनाका लागि तालिम सुरु भएको हो ।

हुरेण्डेकका अनुगमन अधिकृत जितेन राईका अनुसार असार १३ गतेदेखि सुरु भएको तालिम भदौ ७ गतेसम्म सञ्चालन हुनेछ । रौतामाई २ स्थित ३९० घण्टे तालिमस्थलमा सिलाईकटाईका लागि २२ जना महिला सहभागी छन् । यस्तै हाउसवाईरिङमा भने १२ जना युवाहरु सहभागी छन् । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर ५ रुपाटाँर तालिम केन्द्रमा हाउसवाईरिङमा १८ जना र टेलरिङतर्फ १६ जना युवती गरी सिकाईमा ३४ जनाले निरन्तर सहभागिता जनाइरहेका छन् ।

यस्तै सोही परियोजनाअन्तर्गत रुपाटाँरस्थित तालिम केन्द्रमा पनि ३४ जना युवा युवती सिलाईकटाई र हाउसवाईरिङसम्बन्धी तालिममा सहभागी रहेको अधिकृत राईले जानकारी दिए । यता तालिम अवधिभर आयोजकबाटै खाना, बस्नलगायतका सम्पूणर् व्यवस्थापन गर्दै आएको उत्थानशील जिविकोपार्जन कार्यक्रम अधिकृत विकास आचार्यले जानकारी दिए ।

दुवै तालिम केन्द्रमा सहभागी ६८ जना सहभागीहरु जिल्लाको ताप्ली गाउँपालिका, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाबाट आएका हुन् । जसअन्तर्गत ताप्लीको वडा नम्बर १, २, ३, ५ कटारीको ८, ९ नम्बर वडा, उदयपुरगढीको वडा नम्बर १ र २ लाई समेटिएको छ । त्यस्तै सोही कार्यक्रम रौतामाईको वडा नम्बर २ देखि ८ सम्म गरी ७ वटा वडा, त्रियुगाको १५ नम्बर वडा र लिम्चुङबुङको ५ नम्बर वडा जाँतेमा समेत कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

भुट्टार केन्द्रमा हाउसवाईरिङ तालिमलाई टंक राई र सिलाईकटाई तालिमका लागि बिनीता खड्काले सहजीकरण गर्दै आएका छन् । त्यस्तै तालिमबाट प्राप्त सीपमूलक ज्ञानलाई व्यवसायिक रुपमा अगाडि बढाउदै आफूलाई आर्थिक रुपमा सक्षम बनाउने तालिममा सहभागी सविता परियारले बताइन् । यस्तैगरी सीपलाई व्यवहारमा उतारेर जिविकोपार्जनको माध्यम बनाउने अनुगमन टोलीसमक्ष अर्का सहभागी घमान मगरले प्रतिबद्धता सुनाए ।

तालिमका लागि ३५ लाख बजेट रहेको बजार व्यवस्थापक रोशन खत्रीले जानकारी दिए । त्यसमध्ये १३ लाख मूल्य बराबरको सामान तालिममा सिकाई प्रयोजनका लागि खरिद गरिएको छ । पूणर् आवासीय सुविधासहित सञ्चालतरत तालिममा अनुगमन अधिकृत राई, जिविकोपार्जन कार्यक्रम अधिकृत आचार्य, व्यवस्थापक खत्रीसँगै पोषण कार्यक्रम अधिकृत प्रशन्न कार्की र नेपाल पत्रकार महासंघ उदयपुरका सहसचिव देबराज राईलगायतको टोलीले पछिल्लो अवस्था अनुगमन गरेको थियो ।

Last updated:2022 Jul 14 Thursday 05:47:04

प्रतिक्रिया
सम्बन्धित समाचार