उपाहार न्यूज
उदयपुर पौष २८
त्रियुगा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिको प्रथम बैठकले दुई जना सदस्यलाई कार्य समितिमा मनोनित गरेको छ । संघले उद्योग वाणिज्य संघको सदस्यमा गाईघाटका व्यवसायी राजकुमार शर्मा र शसी लामा कार्कीलाई सदस्यमा मनोनयन गरेको हो ।
त्रियुगा उद्योग वाणिज्य संघको सोमबार सम्पन्न छैटौ साधरण सभा तथा अधिवेशनले रमेश विश्वकर्माको नेतृत्वमा सर्वसहमत कार्य समिति चयन गरेको थियो । नवगठित समितिले दुई जनालाई कार्य समितिमा मनोनित गर्दै कार्य समिति विस्तार गरेको हो ।