Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

गाईघाटमा सुनचाँदी व्यवसायीले निकाले सिठ्ठी जुलुस

  • उपहार न्यूज
  • शुक्रबार, असार २० २०८२
गाईघाटमा सुनचाँदी व्यवसायीले निकाले सिठ्ठी जुलुस

उपहार न्यूज
गाईघाट असार २०
सरकारले सुनचादीमा विलासीताको कर लगाए पछि निरन्तर आन्दोलनमा रहेको उदयपुरका सुनचादी व्यवसायीहरुले उदयपुर शुक्रबार सिठ्ठी जुलुस निकालेका छन् । शुक्रबार पसल बन्द गरेर सडकमा उत्रेका व्यवसायीहरुले सुनमा सरकारले लगाएको अब्यवहारीक करको बिरुद्धमा आन्दोलन जारी राखेका हुन् । उदयपुर सुनचाँदी ब्यवसायी संघ उदयपुर, सगरमाथा सुनचाँदी ब्यवसायी संघ र कालिगढ सुनचाँदी ब्यवासायी संघले यसको बिरुद्धमा संयुक्त आन्दोलन गरिरहेको छ ।
गत असार ३ गते अनिश्चितकालिन बन्द घोषणा गरेका केन्द्रले घोषणा गरेर असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलन जारी राखेको हो । आन्दोलन सशक्त बनाउन उदयपुरको विभिन्न पालिकाहरुमा आन्दोलन चलिरहेको छ ।
व्यवसायीको आन्दोलनले सुनचाँदीको कारोवार सबै ठप्प परेको छ भने यसले ग्राहकहरुमा ठुलो असर परेको छ । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रष्ट निति नियामावली निर्माण गर लगायतका नाराहरु लगाउँदै आन्दोलन गरिरहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले पनि संयुक्त आन्दोलन गरेको छ ।
देशैभर चलिरहेको आन्दोलन उदयपुरमा १३ र १६ गते गाईघाटमा र्याली तथा कोणसभा गरिएको थियो भने १७ गते बेलका नगरपालिकाको रामपुर बजारमा र्याली तथा कोणसभा गरिएको थियो । १९ गते चौदण्डीगढीको बेल्टारमा ¥याली तथा कोणसभा भयो, जेठ २९ र ३० मा प्रशासन कार्यालयमा ज्ञापन पत्र र डेलिगेशन, पहिलो पटक दुईदिन बजार बन्द गरिएको थियो भने असार २० गते सिठ्ठी जुलुस सहित बजार परिक्रमा र पिपलचोकमा कोण सभा गरेका थिए ।

Last updated:2025 Jul 04 Friday 13:30:52

प्रतिक्रिया
सम्बन्धित समाचार