Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सहारा नेपाल सेवा केन्द्र स्तरीय साधरण सभा उदयपुरमा सम्पन्न

  • उपहार न्यूज
  • शनिबार, पुष २० २०८१
सहारा नेपाल सेवा केन्द्र स्तरीय साधरण सभा उदयपुरमा सम्पन्न

उपहार न्यूज
झापा पौष २०
२८ बर्ष अघि झापा जिल्लामा स्थापना भएर संचालन हुदै आएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र स्तरीय साधरण सभा उदयपुर सदरमुकाम गाईघाटमा शनिवार सम्पन्न भएको छ । झापा जिल्लाको चारपानेमा केन्द्रिय कार्यालय रहेको संस्थाको झापा सहित ६ जिल्लाका ८१ स्थानमा शाखा, उप शाखा संचालनमा रहदै आएको छ ।
शनिवार आयोजित साधरण सभाको क्रममा अध्यक्ष हरि बहादुर राजवंशीको प्रतिवदन प्रस्तुत गर्दै उपाध्यक्ष छविलाल खतिवडाको अनुसार संस्थाको आर्थिक बर्ष २०८०/०८१ सम्पती विरण अनुसार कुल १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार चार सय १० रुपैया कुल पुजी तथा दायित्व रहेको संस्थाका कुल शेयर पुजी १ अर्व ६७ करोड ८६ लाख १२ हजार ७ सय रुपैया रहेको पाईएको छ ।
असार मसान्त सम्मको अबस्थामा संस्थाको झापामा ३२ मोरङमा २१ सुनसरीमा १३ इलाममा ६ पाँचथरमा ४ र उदयपुरमा ५ गरी कुल ८१ सेवा केन्द्रमा एक लाख ७६ हजार २ सय ६५ सदस्य आबद्ध रहेका छन् । हाल त्यो दर बढेर एक लाख ८६ हजार सदस्यहरु संस्थामा प्रत्यक्ष जोडिएको केन्द्रिय उपाध्यक्ष खतिवडाले जानकारी दिनु भयो । मेरो गौरव मेरो सहारा सबैका लागि सधैका लागि भन्ने नारा सहित सुरु भएको सहाराले बचत तथा ऋण संगै अन्य सामाजिक उत्तरदायीत्व सहितका कामहरु समेत संचालन गर्दै आएको संस्थाका केन्द्रिय प्रतिनिधि इश्वर प्रसाद भट्टराईले जानकारी दिनु भयो ।
संस्थाले जीवन विमा, जीवन बरदान, रेमिट्यान्स, बचत तथा ऋण कारोबार, मोवाईल बैकिङ, एटिएम सेवा लगायत संचालन गर्दै आएको गाईघाट सेवा केन्द्रका प्रमुख विदुर प्रसाद रेग्मीले जानकारी दिनु भयो । संस्थाले आफ्ना सदस्यहरुको कोख देखि शोक सम्मको काममा सहयोग पु¥याउदै आएको सेवा केन्द्र प्रमुख रेग्मी बताउनु हुन्छ । संस्थाले सदस्यहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै जीवन वरदान कार्यक्रम विशेष किसिमले संचालन गर्दै आएको प्रमुख रेग्मी बताउनु भयो ।
उदयपुरमा पनि सहारा नेपालमा सदस्यहरु उत्साहजक हिसाबले सहभागीता जनाउदै आउनु भएको छ सदस्यरुले संस्था प्रति गरेको विश्वासले संस्था आज यो स्थान सम्म आईपुग्न सफल भएको सेवा केन्द्रका संचालक समितिका संयोजक मदनराज कटुवाल बताउनु भयो ।
शनिवार आयोजित कार्यक्रम कटुवालकै अध्यक्षतामा आयोजना गरिएको थियो कार्यक्रममा त्रियुगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राई, त्रियुगा नगरपािलका वडा नम्ब ६ का वडाअध्यक्ष योगेन्द्र दाहाल , पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङले सहकारीहरु संकट र संकाको घेरा भित्र रहेको अबस्थामा सहारा नेपालले पारदर्शि र जवाफदेहि हिसाबले आफ्ना सदस्यहरुको मन जित्ने काममा उद्धत रहेको प्रति शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थाको सदस्य त्रियुगा नगरपालिका ६ जलजले निवासी जमुनादेवी चौधरीलाई आफ्ना पतिको निधन भए पछि संस्थाले ऋण विमा वापत उपलब्ध गराउने २ लाख ३० हजार रकम हस्ताणतरन गरिएको थियो ।

Last updated:2025 Jan 04 Saturday 12:56:24

प्रतिक्रिया
सम्बन्धित समाचार