उपहार न्यूज
उदयपुर चैत ८
ग्लोबल मनि विकको अबसरमा अवसरमा लघुवित्त कर्मचारी मिलन केन्द्र गाईघाट उदयपुरले शुक्रबार गाईघाटमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका भित्र कार्य क्षेत्र रहेको महुलि, छिमेक, डिप्रोक्स, स्वरोजगार, महिला, गुराँश, ग्लोबल आईएमई, श्रृजनशिल, एनआईसि एसिया, जीवन विकास, आरम्भ चौतारि, सम्पदा, एनएमबि, नेश्नल, नेरुडे मिर्मिरे, स्वावलम्बन, बिजय लघुवित्त र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले गाईघाटमा प्रभातफेरीमा सहभागीता जनाएका थिए ।
सो कार्यक्रममा रौतामाई गाउँपालिका ७ मुकुर्चीमा रहेको निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सदस्य र कर्मचारीगरी करिब १४० जनाको सहभागिता रहेको थियो । गाईघाटको त्रियुगा बसपार्क बाट सुरुभई बजार क्षेत्र मेनचोक, बिपि चोक हुँदै पिपलचोक बाट राधाकृष्ण मन्दिर मा पुगेर प्रभात फेरि कार्यक्रम कोणसभामा परिणत भएको थियो । उक्त कार्यक्रमको सहजिकरण लघुबित्त कर्मचारी मिलनकेन्द्र गाईघाट उदयपुर का सचिब नेत्र प्रसाद दाहाल ले गर्नुभएको थियो कार्यक्रममा सहभागी सदस्य हरुमध्ये ३ जना सदस्यले लघुबित्त कार्यक्रम आफ्नो माईति सरह रहेको भन्दै मन्तब्य राख्नुभएको थियो । त्यसैगरि कर्मचारीको तर्फबाट निर्धन उत्थान लघुबित्तका कर्मचारी माधब लायो मगरले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा लघुबित्त मिलनकेन्द्र गाईघाट उदयपुरका अध्यक्ष साथै महुलि लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय गाईघाट का प्रमुख हेमराज दाहालले मन्तब्य राख्दै बित्तीय रुपमा साक्षर भई जीवन सफल बनाउन सदस्य हरुलाई आग्रह गर्दै कार्यक्रमको समापन गर्नुभएको जानकारी कर्मचारी मिलनकेन्द्र गाईघाट उदयपुरका सल्लाहकार साथेै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र गार्इघाटका प्रमुख बिदुर प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
