भास्कर चौधरी
चौदण्डिगढि २०
चौदण्डीगढी नगरपालिकको वडा नं ४ बसाहामा साना सिचाई कुलोको हिजो नगर प्रमुख खगेन्द्र राइले शिल्यानस गर्नु भएको छ। ५४५ मिटर आरसिसी ढलान र ५०५ मिटर माटोकोे गरी कुल १०५० मिटर लामो साना सिचाई कुलो निर्माण हुन लागेको हो। कुल १६ लाख ८२ हजार एक सय २२ रुपैया लागतमा उक्त कुलो निर्माण हुन लागेको निर्माण समितीका अध्यक्ष दिनेश राइले जानकारी दिएका छन। उनका अनुसार कुल लगतमा जन स्थर बाट १०% र स्विस सरकारको ३०%, संघिय सरकारको २०%, प्रदेश सरकारको २०%, र नगरपालिकाको २०% रकम बिनियोजन भए संगै उक्त कुलो निर्माण हुन लागेको हो। यस योजना बाट उक्त ठाउको १५ बिघा भन्दा माथी खेती योग्य जमिन ले लाभ लिने समेत समितीका अध्यक्ष राइले बताएका छन।