Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मुटुरोगबाट बच्न यी स्वास्थ्य उपायहरु

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १८ २०७८
मुटुरोगबाट बच्न यी स्वास्थ्य उपायहरु

मुटु मानीसको महत्वपूर्ण अंग । शारीरिक चहलपहलमा केन्द्रबिन्दुकै भूमिका निर्वाह गर्ने मुटु बचाउन तपाईले नियमित यस्ता कार्यहरु गर्नुहोस् ।

१, दैनिक व्यायाम
दैनिक ४५ मिनेटसम्म ब्यायाम गरेमा असल कोलेस्टेरोल र इन्सुलिन सेन्सिटिभिटी बढ्ने गई टाईप २ डाईबिटिजलाई नियन्त्रण हुन्छ र मुटुरोग हुनबाट बच्न सकिन्छ ।

२, तौल नियन्त्रण गर्ने
मुटुरोग हुनबाट बच्न सबैभन्दा पहिले आफ्नो तौललाई उचाइ अनुसार कायम राख्न सक्नु पर्दछ । अत्यधिक मोटो भएमा मुटु रोगको संभावना हुन्छ ।

३, तनाव नियन्त्रण
मुटुरोग हुनबाट बच्न तनावलाई नियन्त्रण गर्नु सबैभन्दा बढि आवश्यक छ । तनावले मुटुरोग बढाउने गर्दछ ।

४, नुनको सेवन
धेरैलाई थाहा नहुन सक्छ अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने गर्दछ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नु पर्दछ ।

५, मदिरा सेवन
अत्यधिक मदिरा पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या हुनसक्छ । त्यसैले मदिरा सेवन नगर्नु पनि मुटुरोगबाट बच्ने उपाय हो ।

६, माछाको सेवन
सातामा तीनपटकसम्म खानामा माछाको सेवन गरेमा मुटुको रोग लागिसकेका व्यक्तिमा समेत लाभ मिल्दछ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।

७, भिटामिनको सेवन
भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गरेमा मुटु रोगबाट बच्न सकिन्छ ।

८, तरकारी
गाढा हरियो रंगका सागसब्जी, ब्रोकाउली, फर्सी, राज्मा, गेडागुडी, सोयालगायतका तरकारी र फलफूल दैनिक तीन पटकसम्म खानुपर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गर्दछ ।

९, लसुन
२/३ केस्रा लसुन काचो वा हल्का तेलमा भुटेर प्रयोग गरे ट्राइग्लिसराइड नियन्त्रण गर्दछ ।

१०, शाकाहारी भोजन
शाकाहारी आहार मात्र सेवन गर्नेहरुमा हृदयाघातको समस्या कम हुन्छ ।

Last updated:2021 Jun 01 Tuesday 07:24:38

प्रतिक्रिया
सम्बन्धित समाचार