चित्रकुमार कार्की-
काठमाडौं, साउन ३ ।
लकडाउनले आर्थिक संकटमा परेकाहरुले सुजुकी कम्पनीको मोटरसाईकल या स्कुटर खरिद गर्न चाहे नयाँ अफर आएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजी अटोमोबाईल्स प्रालिले ‘कोरोना विशेष’ स्किमको बजारमा ल्याएको हो ।
सवारीसाधन अत्यावश्यक परेको तर, लामो समयदेखि लकडाउनले गर्दा आर्थिक धरासयी बनेको अवस्थालाई मध्यनजर गर्दै नयाँ स्कुटर या मोटरसाईकल खरिदमा नगद छुट वा शून्य प्रतिशत ब्याजदर दुईमध्य एक सुबिधा ग्राहकले रोज्न सक्ने कम्पनीले जनाएको छ । ‘लकडाउनको समय परेको आर्थिक भारको बेला पनि सजिलै आफूले चाहेको साधन खरिद गर्न सकियोस् भन्ने हाम्रो चाहना हो’ कम्पनीले भनेको छ ।
‘उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने व्यावसायिक नारासहित यही साउन १ गतेदेखि प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा सून्य प्रतिशत ब्याजदरको स्किम ल्याइएको छ । ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरमध्ये कुनै एक रोजेर सुबिधा लिन सक्नेछन् ।
साउन ३१ गतेसम्म नेपालभरका सम्पूर्ण बितरक शाखाहरुबाट प्राप्त गर्न सकिने यो स्किमसँगै एक्सचेञ्ज अफरमा समेत केही सुबिधा दिइने बताइएको छ । सोही कम्पनीद्धारा निर्मित सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयातेलगायतका आकर्षक बाईकहरु छन् भने वर्गम्यान, एक्सेस तथा लेट्सलगायत सुबिधायुक्त स्कुटरहरु पनि रहेका छन् । यसमध्ये ‘जिक्सर भेरियन्ट’ नेपालमा वर्षदिनअघि मात्र लन्च भएको हो । कम्पनीका अनुसार हाल नेपाली बजारमा सुजुकीको बाईकमा जिक्सर र स्कुटरमा वर्गम्यान म्याक्सिको माग अत्याधिक छ ।