उपहार न्यूज
उदयपुर बैशाख २३
उदयपुरका संचारकर्मीहरुको लागि गाईघाटको नमुना स्कुल उदयपुरका २०६२ सालको एस एल सी ब्याजका विद्यार्थीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्ला अस्पताल उदयपुरमा सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरीएको हो । पत्रकारलाइ हस्तान्तरण गरीएको सामाग्रीहरुमा ३० थान स्प्रे सेनिटाइजर , ३० थान माक्स र ६० थान पन्जा रहेको थियो ।
स्वास्थ्य सामाग्री विद्यालयका तत्कालिन प्रिन्सीपल केन्द्रकुमार राउतले पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कालाइ हस्तान्तरण गरीएको हो । यसैगरी जिल्ला अस्पताल उदयपुर र जिल्ला प्रहरी कार्यलय उदयपुरलाइ एक एक थान आधुनिक धारा हस्तान्तरण गरीएको नमुना स्कुल उदयपुरका २०६२ सालको ब्याजी ज्ञानेन्द्र मगरले बताउनुभयो । मगरका अनुसार हाललाइ हात धुने साबुन र प्रविधिमैत्री पानी ट्पयाङ्की जिल्ला अस्पताल र प्रहरी कार्यलयलाइ हस्तान्तरण गरीएको बताउनुभयो ।