Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा कांग्रेसद्धारा स्वास्थ्य सामाग्री हस्ताणतरन

  • उपहार न्यूज
  • मंगलबार, बैशाख २३ २०७७
त्रियुगा कांग्रेसद्धारा स्वास्थ्य सामाग्री हस्ताणतरन
smart

उपहार न्यूज
उदयपुर बैशाख २३
नेपाली कांग्रेस त्रियुगा नगर समितिका सभापती सरोजकुमार बस्नेतको पहलमा स्यानिटाईजर निर्माण गर्नका लागि प्रयोग हुने सोडिएम हाईपोक्लोराईट एक हजार लिटर हस्तानतरण गरिएको छ । एक हजार लिटर सोडिएम हाईपोक्लोराईट पानीमा प्रयोग गरे पछि एक लाख लिटर स्यानिटाईजर बनाउन सकिन्छ । नेपाली कांग्रेस त्रियुगा नगर समिति सभापती र बचत तथा ऋण सहकारी संस्था उदयपुरका अध्यक्ष समेत रहेका बस्नेतले बिषम परिस्तिथीमा अग्र भागमा रहेर काम गर्ने क्षेत्रलाई मध्यनजर गर्दै स्यानिटाईजर हस्ताणतरन गरिएको बताउनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुर परिसरमा एक कार्यक्रमका विच जनस्वास्थ्य प्रमुम मोहन सुबेदीलाई उक्त स्वास्थ्य सामाग्री हस्ताणतरन गरिएको हो ।
एक हजार लिटर उक्त सोडिएम हाईपोक्लोराईट जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरलाई दुई सय लिटर, जिल्ला प्रहरी कार्यालय गाईघाट उदयपुरलाई एक सय लिटर, जिल्ला कारागार कार्यालय उदयपुरलाई ४० लिटर, त्रियुगा नगरपालिका कार्यालयलाई २०० लिटर, उदयपुरगढि गाउँपालिकालाई एक सय लिटर हस्ताणतरन गरिएको हो । त्यसैगरी रौतामाई गाउँपालिका उदयपुरलाई सय लिटर, चौदण्डिगढि नगरपालिका उदयपुरलाई एक सय लिटर, बेलका नगरपालिका उदयपुरलाई एक सय लिटर, एम्बुलेन्स चालक संघ उदयपुरलाई २० लिटर र बचत तथा ऋण सहकारी संघलाई ६० लिटर हस्ताणतरन गरिएको हो ।
कांग्रेस नेता बस्नेतको पहलमा विरगन्ज स्थित राजदेवी ट्रेड कन्र्सन र तावो इन्टरनेशनल वाट सहयोग प्राप्त भएकाले जिल्लामा अग्रपक्तिमा बसेर काम गर्ने क्षेत्रलाई हस्ताणतरन गरिएको नेपाली काग्रेस त्रियुगा नगर समिति सचिव सुमन चौधरीले बताए ।
स्वास्थ्यको बिषय परिस्तिथीमा विभिन्न क्षेत्रबाट नियमीत सहयोग प्राप्त भएकाले सहयोग प्रति जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले धन्यावद ज्ञापन गर्नु भयो ।
यस अघि नेपाली कांग्रेस त्रियुगा नगर समितिले त्रियुगा नगरपालिकाको राहत कोषमा ६० क्विनटल चामल, त्रियुगा नगर समिति संगको समन्वयमा राष्ट्रिय सभा सदस्य रमेशजंग रायामाझीले जिल्लामा २० थान पिपिई, प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काबाट २० थान पिपिई तथा स्वास्थ्य सामाग्री यस अघि पनि हस्ताणतरन गरि सकेको नगर सभापती बस्नेतले जानकारी दिनु भयो । यता नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाले समेत जिल्ला अस्पताल उदयपुरलाई कांग्रेस क्षेत्रीय सह सभापती बसन्त बस्नेत मार्फत केहि दिन अघि स्वास्थ्य सामाग्री हस्ताणतरन गर्नु भएको थियो ।

Last updated:2020 May 05 Tuesday 06:20:12

प्रतिक्रिया
सम्बन्धित समाचार