उदयपुर अशोज ३१ गते दशै फुलपातीको अवसरमा उदयपुरका बिभिन्न ठाउमा रहेको मल्ल आलेमागर हरुको भेला तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम उदयपुरगढी गाउपालिकाको वडा नम्बर ७ मा सम्पन्न भएकोछ िअगुवा बुधिजीबी तथा समाजसेबी श्री कृष्ण बहादुर मल्ल आलेमगरको पहल र अगुवाइमा सम्पूर्ण मल्ल आलेमगर हरुलाई संगठित गर्दै परम्परा र पुर्खाहरुको बंशावली निर्माण गरि शशक्त रुपमा अघि बढ्ने उद्देश्यका साथ् आयोजना गरेको उकत भेटघाट कार्यक्रममा उदयपुर जिल्ला भरिका बुद्धिजिबी, शिक्षाप्रेमी, अगुवाहरु, पूर्व जनप्रतिनिधि, समाजसेबी, कर्मचारी लागायतका करिब ६० जना मल्ल आलेमगर हरुको उपस्थिति रहेको थियो िबिगतमा स्थापना गरेको मल्ल आलेमगर सेवासमाज लाई प्रभावकारी रुपमा संगठित गर्दै सबै क्षेत्रमा बसोबास गर्ने जिल्ला भित्र र बाहिरका अनि देश बिदेशमा रहेका मल्ल आलेमगर हारुलाई समेटेर एउटा बलियो संगठन निर्माण गरि एकजुट भएर आफ्नो पुर्खा हरुको पहिचान र गौरब लाई सस्थागत गरि समाज सेवाको माध्यम बाट स्थापित हुन आवस्यक देखिएकोले यो भेलाको आयोजना गरेको कुरा उक्त कार्यक्रमका अगुवा कृष्ण बहादुर मल्ल आलेमगरले जानकारी गरेका थिए िपारिबारिक भेटघाट तथा फूलपाती पुजाको अवसरमा भएको भेलालाई निरन्तरता दिंदै आगामी दिनहरुमा यसलाई ब्यबस्थित र सशक्त रुपमा लैजानको लागि उपस्थित सबै मल्ल आलेमगर हरुलाई अभिप्रेरित गराएको र आगामी दिनमा पालिका स्थानीय तह र जिल्ला तथा प्रदेश र रास्ट्रिय स्तरमा यसको संगठन बिस्थार गरिने कुरा उक्त भेलामा उपस्थित तथा पूर्व जनप्रतिनिधि श्री निरबहादुर मल्ल आलेमगरले बताएका थिए िअगुवा बुधिजिही तथा समाजसेबी श्री गेशबहादुर मल्ल आलेमगरका अनुसार मल्ल आलेमगर हरु धेरै छरिएर रहेकोले आफ्नो भाषा, सस्कार, पुर्खा हरूको पहिचान र गौरब नै लोप हुदै गएकोले आगामी भाबी पुस्तालाई पुस्तान्तरण गरि पहिचान र सस्कारको संरक्षण र सम्बर्धन गर्नुपर्ने देखिएकोले यस भेलाले पारिबारिक, सास्कृतिक र सान्धर्बिक संदेश दिनलाई सहयोग पुराउने कुरा प्रस्ट पारेका छन्