Upahar News आइतबार, कार्तिक २ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.

कांग्रेस केन्द्रिय सदस्यमा तीर्थ लामाको उम्मेदवारी घोषणा

  • उपहार न्यूज
  • शनिबार, असोज १७ २०८३
कांग्रेस केन्द्रिय सदस्यमा तीर्थ लामाको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति, संविधान सभा सदस्य तथा पूर्वमन्त्री तीर्थ लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि, जनसम्पर्क समितिका पदाधिकारी तथा काभ्रेपलाञ्चोक जिल्लाका दुवै निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिको समर्थनमा लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
काभ्रेपलाञ्चोक जिल्ला सभापतिका रूपमा संगठन निर्माणमा गरेको योगदान, संविधान सभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका तथा बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा सार्वजनिक सेवामा गरेको अनुभवलाई आधार बनाएर आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको लामाले बताएका छन्।
उनले आफ्नो राजनीतिक यात्रा, पार्टी संगठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्यांकन गर्दै केन्द्रीय सदस्यका रूपमा काम गर्ने अवसर प्रदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
को हुन् तीर्थ लामारु
वि।सं। २०३० असार ९ गते काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६, साविक सिपाली चिलाउने गाविस–१० मा जन्मिएका लामा निम्न मध्यमवर्गीय तथा राजनीतिक पारिवारिक पृष्ठभूमिबाट आएका हुन्। उनले स्नातक तहसम्म अध्ययन गरेका छन्।

पेशाले निर्माण व्यवसायी रहेका लामाले व्यवसायसँगै शिक्षा, स्वास्थ्यलगायत विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

लामाले वि।सं। २०६४ मा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिको जिम्मेवारीबाट सक्रिय राजनीतिक यात्रा अघि बढाएका थिए। १२औँ र १३औँ महाधिवेशनमा उनी लगातार दुई कार्यकाल क्षेत्रीय सभापति बने। यसैगरी, वि।सं। २०६८ देखि २०७१ सम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्यका रूपमा समेत काम गरेका थिए।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उनी काभ्रेपलाञ्चोक जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

संविधान सभा सदस्यदेखि प्रदेश मन्त्रीसम्म
वि।सं। २०७० को संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं। १ बाट निर्वाचित हुँदै लामा संविधान सभा सदस्य बनेका थिए। संविधान सभा सदस्यका रूपमा उनले नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यको जिम्मेवारी सम्हाले।

वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका लामा वि।सं। २०७९ को प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं। १ ९ख० बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भए।

प्रदेश सभा सदस्य बनेपछि उनले वि।सं। २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
संविधान सभा सदस्यका रूपमा नेपालको नयाँ संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी भएका लामाले काभ्रेपलाञ्चोकमा पार्टी संगठन सुदृढीकरण तथा परिचालनमा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
जिल्लाको भौतिक पूर्वाधार विकासतर्फ सडक, खानेपानी, विद्युत्, स्वास्थ्य संस्था तथा विद्यालय भवन निर्माणलगायतका क्षेत्रमा बजेट व्यवस्थापन र विकास निर्माणमा भूमिका खेलेको उनको दाबी छ।
अब १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका लामाले आफ्नो राजनीतिक तथा सांगठनिक अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने बताएका छन्।

Last updated:2026 Oct 03 Saturday 16:21:25

प्रतिक्रिया
सम्बन्धित समाचार