Upahar News आइतबार, कार्तिक २ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.

आमाको उपचारका लागि पदम परियारद्वारा सहयोगको अपिल

  • उपहार न्यूज
  • बुधबार, असोज २८ २०८३
आमाको उपचारका लागि पदम परियारद्वारा सहयोगको अपिल

उदयपुर, त्रियुगा। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ निवासी पदम परियारले मस्तिष्कमा रक्तस्राव ९द्यचबष्ल ज्झयचचजबनभ० भई गम्भीर अवस्थामा रहेकी आफ्नी आमा अम्म माया परियारको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन्।पदमका अनुसार उनकी आमालाई स्ट्रोक तथा मस्तिष्कमा रक्तस्राव भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा २०८३ असोज १७ गते साँझ मस्तिष्कको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया भएको समय बितिसक्दा पनि आमाको होस नआएको र अवस्था गम्भीर रहेको उनले बताएका छन्।

आमाको थप उपचार, औषधि, सघन उपचार कक्ष ९आईसीयू० तथा अन्य उपचारमा लाग्ने खर्च निरन्तर बढिरहेको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिन भइरहेको पदमले बताएका छन्।आमाको जीवन रक्षाका लागि आवश्यक उपचारलाई निरन्तरता दिन आर्थिक सहयोग जुटाउनुपर्ने अवस्था आएपछि उनले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ तथा सहयोगी मनहरूसमक्ष सहयोगको अपिल गरेका हुन्।

‘आमाको जीवन बचाउन सबैको साथ र सहयोग आवश्यक परेको छ। आफूले सक्ने सानो–ठूलो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु,’ पदमले अपिल गर्दै भनेका छन्। उनले आर्थिक सहयोग गर्न नसक्ने व्यक्तिहरूलाई समेत सहयोगको अपिल सामाजिक सञ्जालमा सेयर गरेर अन्य सहयोगी मनहरूसम्म पुर्‍याइदिन आग्रह गरेका छन्। सानो सहयोगले पनि आमाको उपचारमा महत्वपूर्ण योगदान पुग्ने र परिवारमा आशा जगाउने उनको विश्वास छ।

सहयोगका लागि सम्पर्क विवरण

( बिरामीको नामस् अम्म माया परियार
( सहयोग अपिलकर्तास् पदम परियार
( ठेगानास् त्रियुगा नगरपालिका–१२, उदयपुर
( मोबाइल नम्बरस् ९७४३८७१८९१
( बैंक खाता नम्बरस् २१५०२७०१४२४०००१७
( भक्भधबरप्जबतिष्स् ९७४३८७१८९१

पदमले आमाको उपचारका लागि सहयोग, साथ र प्रार्थना गरिदिन सबैमा आग्रह गरेका छन्।

“सानो सहयोग, आमाको जीवनका लागि ठूलो आशा।
तस्विर एआइ

Last updated:2026 Oct 14 Wednesday 04:44:38

प्रतिक्रिया
सम्बन्धित समाचार