उपहार न्यूज
उदयपुर पौष २०
उदयपुर कलाकार समाजको आयोजनामा सुरु भएको उदयपुर आइडलको दोस्रो सस्करणको ग्राण्ड फिनाले आागमी शनिवार हुने भएको छ । जिल्लाको रामपुर, बेल्टार, गाईघाट र कटारीबाट करिब दुई सय प्रतिस्पर्धीलाई उछिन्दै टप ६ मा पर्न सफल प्रतिस्पर्धीहरु माझ प्रतिस्पर्धा हुने ग्राण्ड फिनाले शनिवार आयोजना गर्न लागिएको आयोजक समिति उदयपुर कलाकार समाजका अध्यक्ष असोक शिवाले जानकारी दिनु भयो ।
आइडलको टप ६ मा कटारीका एलिना मिश्र, रौतामाई गाउँपालिका बिशाल राई, लिम्चुङबुङ गाउँपालिकाका राजु राई, चौदण्डिगढी नगरपालिका बेल्टारका दिव्या राई, बेलका नगरपालिका मैनामैनीका करिना राई र त्रियुगा नगरपालिका १२ का रविना राई रहेका छन् । टप ६ मा पुगेका प्रतिस्पर्धीहरुले यतिवेला आफ्नो पक्षमा अनलाई भोट मागी रहेका छन् । अनलाईन भोटिङ मार्फत छनौट हुने आईडलका प्रतिस्पर्धाबाट विजेता बन्न सफल प्रतिस्पर्धीले १ लाख रुपैया पुरस्कार ट्रफि, फस्ट रनरअपलाई ५० हजार पुरस्कार ट्रफि, सेकेण्ड रनरअप २० हजार पुरस्कार प्राप्त गर्ने छन् । आईडलको पहिलो सिजनमा बेल्टारका सन्जिना राई भएकी थिईन् । आईडलको पहिलो सिजन देखि गायक असोक शिवा, शसीचन्द्र राई र गायीका पुजा केप्छाकी मगरले निर्णायकको भुमिका निभाउदै आएका छन् ।