Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटमा विपिको शालिक अनावरण, शेखरले भने सरकारको लेखाजोखा गर्न सुरु गर्नु पर्छ

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २४ २०८१
गाईघाटमा विपिको शालिक अनावरण, शेखरले भने सरकारको लेखाजोखा गर्न सुरु गर्नु पर्छ

उपहार न्यूज
गाईघाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले र कांग्रेस गठनबन्धन सरकार निर्माण हुदाँ भएको ७ बुदे सहमतीको कार्यान्वयनको चरण र सरकारको १०० दिनको लेखाजोखा गर्नु पर्ने दिन आएको बताउनु भएको छ । ७ बुदे सहमती अन्तर्गत संविधान सुधारका कुरा समेत उल्लेख भएकाले संविधानलाई सुधार गरेर अघि बढ्ने हो भने अन्य दलहरुलाई पनि सहमतीमा ल्याउनुको विकल्प नरहेको नेता कोइरालालेब ताउनु भयो ।
उहाँले दुई दलिय गठबन्धनले दम्भ नदेखाई सबैलाई समेटेर अघि बढ्नु पर्ने अबस्था रहेको उहाँले बताउनु भयो, नेता कोइरालाले नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर ११ वडा समितिले शनिवार गाईघाटमा आयोजना गरेको विपि कोइरालाको शालिक अनावरण तथा वृहत आम सभालाई संबोधन गर्दै बताउनु भएको हो । उहाँले सरकारलाई गलत काम गर्ने छुट नभएकाले गलत कामलाई गलत भएको छ भने गलत भन्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
नेता कोइरालाले कांग्रेस भित्रको एकतालाई मजवुत बनाएर अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो मिलेर जानु बाहेक अन्य विकल्प नरहेकाले सबैलाई एकताबद्ध भएर अघि बढ्नका लागि समेत उहाँले आव्हान गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, कांग्रेस नेता गुरुराज घिमिरे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस उदयपुरका पूर्व सभापती विदुर बस्नेत, सिन्धुली कांग्रेसका पूर्व सभापती उज्जल बराल, कांग्रेस क्षेत्र नम्बर १ का सभापती खगेन्द्र राई, २ नम्बरका सभापती तथा कोशी प्रदेश सभा सदस्य रामकुमार खत्री, उदयपुर प्रदेश १ (ख) सभापती सरोजकुमार बस्नेत, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, महिला संघका अध्यक्ष तथा कोशी प्रदेश सदस्य लिला राई, कांग्रेसका पूर्व क्षेत्रीय सभापती बसन्तकुमार बस्नेत, कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष तथा महाधिवेशन प्रतिनिधि सुमन्त कोइराला, नेकपा एमालेका सचिव टेक बहादुर राउत, थारु संघका केन्द्रिय सदस्य देवी चौधरी, वडा नम्बर ७ का वडा सभापती उद्धब काफ्ले, वडा नम्बर ८ का वडा सभापती लिल बहादुर बस्नेतले कार्यक्रमलाई संवोधन गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन संगै कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बरिष्ठ नेता शेखर कोइरालाले गाईघाट स्थित विपि चोकमा निर्माण गरिएको शालिक अनावरण संगै माल्र्यारपण समेत गर्नु भएको थियो । कांग्रेस वडा नम्बर ११ समितिले आयोजना गरेको कार्यक्रमको अध्यक्षता हरि भट्टराई तथा संचालन रोशन कार्कीले गर्नु भएको थियो ।

Last updated:2024 Nov 09 Saturday 16:58:12

प्रतिक्रिया
सम्बन्धित समाचार