Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उपमेयर गोल्डकपमा गाईघाट फुटवल क्लब बिजयी सुरुवात

  • उपहार न्यूज
  • बुधबार, असार १३ २०८१
उपमेयर गोल्डकपमा गाईघाट फुटवल क्लब बिजयी सुरुवात

उपहार न्यूज
उदयपुर असार १२
उदयपुरको गाईघाटमा जारी दोस्रो उपमेयर गोल्डकप फुटवल प्रतियोगीताको दोस्रो दिनको खेलमा गाईघाट फुटवल विजयी भएको छ । माउण्ट एभरेष्ट क्लब सुनसरीलाई चार शुन्य गोल अन्तरले पराजित गर्दै गाईघाट फुटवल क्लब प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा दर्शकको साथ पाएको गाईघाट फुटवल क्लबको लागि पूर्णीमा राईले तीन गोल गर्न सफल भएकी थिईन, गाईघाटका लागि इमा राईले एक गोल गर्दै गाईघाट फुटवल क्लबले चार शुन्य गोल अन्तरले विजयी भएको हो ।
नकआउट विधिबाट गराईने प्रतियोगीताको तेस्रो खेल असार १३ गते एनविवाईसि सप्तरी र धनकुटा जिल्ला फुटवल संघ विच हुने छ, असार १४ गते अन्तिम नकआउट बागमती युवा क्लब सर्लाहि र रोयल स्पोर्टिङ क्लब झापा विच प्रतियोगीता हुने आयोजक उदयपुर जिल्ला फुटवल उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो । प्रतियोगीताको फाइनल खेल असार १८ गते थरुहट रंगशाला गाईघाटमा हुने भएको छ । प्रतियोगीताको मुख्य प्रायोजक त्रियुगा नगरपालिका रहेको छ त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति गाईघाट संगको समन्वयमा आयोजना गर्न लागिएको प्रतियोगीतामा अखिल नेपाल फुटवल संघ एन्फाको समेत विशेष सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको बिजयीलाई नगद एक लाख दश हजार र दोस्रो पुरस्कार ५५ हजार रुपैया रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको उद्घाटन त्रियुगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राईले गर्नु भएको थियो । उद्घाटनमा त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2024 Jun 26 Wednesday 16:53:42

प्रतिक्रिया
सम्बन्धित समाचार