Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेशनल लाईफका गाईघाट प्रमुख राईद्धारा उदयपुर ‘ए’ डिभिजन लिग आयोजकलाई २१ थान टिसर्ट

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ ७ २०८१
नेशनल लाईफका गाईघाट प्रमुख राईद्धारा उदयपुर ‘ए’ डिभिजन लिग आयोजकलाई २१ थान टिसर्ट

उदयपुर । उदयपुर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ आयोजकलाई २१ थान टिसर्ट प्राप्त भएको छ । फुटबल खेल क्षेत्रको विकास र प्रोत्साहनका लागि भन्दै आयोजक उदयपुर जिल्ला फुटबल संघलाई शाखा प्रमुख राईले २१ थान टिसर्ट उपलब्ध गराएका हुन् ।

आईतबार लिग उद्घाटनको अवसरमा थरुहट रंगशालामा पुगेर राईले जर्सी बितरण गरेका थिए । ‘फुटबल अर्थाक सबै प्रकारका खेलकुदलाई प्रोत्साहन जरुरी छ’ व्यक्तिगत रुपमा टिसर्ट बितरण गर्दै राइले भने, ‘हरेक नागरिकले खेलकुदलाई माया गर्ने हो भने यो क्षेत्र चाँडै फस्टाउने छ ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, त्रिनपा ११ का वडाध्यक्ष सुमन्त कोइराला, त्रिनपा १० का वडाध्यक्ष किरण पाण्डे, आयोजक संस्थाका पदाधिकारी तथा पत्रकारहरुको पनि उपस्थिती रहेको थियो । जेठ ६ गतेदेखि सुरु लिग जेठ १५ गतेसम्म जारी रहनेछ ।

Last updated:2024 May 20 Monday 07:09:57

प्रतिक्रिया
सम्बन्धित समाचार