उपहारन्यूज-
उदयपुर, असोज १२ ।
‘टेन्थाटिथस भल्गरियस’ रोगबाट ग्रसित बालकलाकार प्रभू खत्रीलाई उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । परिवारमा आर्थिक अवस्था कमजोरी भएका खत्रीको उपचारका लागि ‘ह्युमन हेल्पीङ ह्याण्ड’ समूह (एचथ्री) उदयपुरले आर्थिक सहयोग गरेको हो ।
घाँटीमा स्वास्थ्य समस्या देखीएपछि खत्रीलाई उपचारका लागि मोरङको बिराटनगरस्थित बिराटनर्सिङ होम भर्ना गरिएको थियो ।
अस्पतालको शैयामा रहेका उनको खर्च अभावका कारण उपचारमा समस्या भएको जानकारी आएपछि संस्थाकै अगुवाईमा ‘प्रभु खत्री बचाऊ अभियान’ सञ्चालन गरी संकलन भएको ६५ हजार हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको संयोजक कुमार अविरलले बताए ।
२२ हजार बिभिन्न बैंक खातामार्फत समूहकै संलग्नतामा बिरामीको आमाको अकाउन्टमा जम्मा भएको थियो । खत्री बचाऊका लागि संस्थाका सम्पूर्ण सदस्य तथा अन्य सहयोगी मनहरुबाट स्वेच्छीक सहयोग संकलन गरिएको थियो ।
संकलित रकम बिराटनगरस्थित अस्पताल वार्डमै पुगी बिरामीका बाबु र आमालाई हस्तान्तरण गरिएको अभियान्ता सुरेन्द्रबिक्रम साहनीले जानकारी दिए । यता सहयोग रकम प्राप्त गरेपछि बिरामीका आमा यसोदा बस्नेत खत्रीले दाताहरुलाई धन्यबाद दिईन् । हाल बिरामी खत्रीको उपचारमा बाल विशेषज्ञ रबिन्द्र अधिकारी संलग्न रहेका छन् ।

बिरामी प्रभु खत्री बिराटनर्सिङ होममा उपचार गराउदै ।