Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

लैंगिक समानता अपांगता तथा सामाजिक समबेसिकरण सम्बन्धि किशोर किशोरी हरुलाई २ दिने तालिम सम्पन्न

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक २१ २०८३
लैंगिक समानता अपांगता तथा सामाजिक समबेसिकरण सम्बन्धि किशोर किशोरी हरुलाई २ दिने तालिम सम्पन्न

समाजमा हुने गरेको सामाजिक विभेद लाई अन्त्य गरि सामाजिक आपसी सद्भाव, सहयोग र अन्तरसम्बन्ध लाई स्थापित गर्ने उद्देस्यले आयोजना गरेको यो २ दिने तालिम रशुवा माध्यमिक बिद्यालय रौतामाइ-२ भुटार मा सम्पन्न भएकोछ l २०८३ कार्तिक १८ र १९ गते संचालन गरेको उक्त तालिममा रौतामाई २, ३ र ८ का २९ जना किशोर किशोरी हरुको सक्रिय सहभागिता रहेको थियो l वर्ल्डभिजन ईन्टरनेशनल नेपालको सहयोगमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेंडेक) उदयपुरले आयोजना गरेको उक्त तालिमको सहजीकरण रशुवा माविका प्रधानाध्यापक श्री राजकुमार कार्कीले गर्नुभएको थियो l हुरेंडेक उदयपुरका सामाजिक परिचालक मनोज दियालिका अनुसार माध्यमिक तहमा अध्ययन गर्ने किशोर किशोरी हरु मार्फत समुदायका लैंकिक र सामाजिक विभेद लाई न्युनिकारण गरि समुन्नत र समृद्ध समाजको निर्माण गर्ने नेपाल सरकारको लक्ष र उद्देस्य लाई लक्षित गरि यो तालिम रौतामाई र ताप्ली गाउपलिका लगायत अन्य उदयपुगढी, लिम्चुङ्गबुङ्ग गाउपलिका र त्रियुगा र कटारी नगरपालिकाका केहि वडा पनि संचालन भएको कुरा जानकारी गरेका छन् l २ दिने तालिमको समापन लाई सम्बोधन गर्दै हुरेंडेक उदयपुरका अभियान तथा वकालत अधिकृत गेशबहादुर आलेमगरले यो तालिम लिएपछि आफ्नो घर परिवार, समुदाय, बिद्यालय र बिभिन्न समुह र कार्यक्रम हरुमा एउटा सकारात्मक सन्देशको रुपमा लिएर जाने अनि सिकेका र जानेका कुरा हरु लाई ब्यबहारिक जिबनमा अभ्यास गर्दै लानुपर्ने कुरामा बिशेष जोड दिएका थिए l तालिम मा सहभागी किशोर किशोरी हरुका अनुसार उक्त २ दिने तालिमले गर्दा आफ्नै गाउँ समाजमा भैरहेको सामाजिक र लैगिक विभेद लाई प्रतिकार गर्न र सामाजिक सद्भाव तथा आपसी सहयोग र अन्तरसम्बन्ध कायम राखी आपसी मान मर्दन र सम्मान गर्ने सस्कारको अभिवृद्धि गर्नको लागि सहयोग र उत्साह तथा उर्जा थपिएको कुरा ब्यक्त गरेका छन् l वर्ल्डभिजन र हुरेंडेकको साझेदारीमा सन्चालित हातेमालो परियोजना अन्तर्गत समुदायमा विद्यमान सामाजिक तथा लैंगिक विभेदको अन्त्य गरि सामाजिक सदभाब कायम राख्ने उद्देश्यले समुदायका किशोर किशोरी हरुलाई लक्षित गरि सबै क्षेत्र र वर्गहरुमा पुराउने गरि संचालन गरेको आयोजकले बताएको छ l

Last updated:2026 Nov 06 Friday 04:32:06

प्रतिक्रिया
सम्बन्धित समाचार