Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

रौतामाई गोल्डकपको उपाधि टिस्टा दुधौलीलाई

  • उपहार न्यूज
  • सोमबार, कार्तिक १७ २०८३
रौतामाई गोल्डकपको उपाधि टिस्टा दुधौलीलाई

उदयपुर। उदयपुरको रौतामाई गाउँपालिकामा आयोजित रौतामाई गोल्डकप फुटबल प्रतियोगिताको उपाधि टिस्टा दुधौली फुटबल क्लबले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा स्कलर्स फुटबल एकेडेमी नेपालटारलाई ट्राइब्रेकरमा पराजित गर्दै दुधौलीले उपाधि आफ्नो पोल्टामा पारेको हो।
निर्धारित खेल समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो। ट्राइब्रेकरमा नेपालटारलाई पछि पार्दै टिस्टा दुधौलीले जित सुनिश्चित गरेको हो।
उपाधिसँगै विजेता टिस्टा दुधौलीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता स्कलर्स फुटबल एकेडेमी नेपालटारले नगद ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि स्कलर्स फुटबल एकेडेमी नेपालटारका सन्तोष खत्रीले प्राप्त गरे। त्यसैगरी, सर्वाधिक गोलकर्ताको उपाधि नेपालटारकै आशिष चापागाईंले हात पार्दा उत्कृष्ट गोलरक्षकको उपाधि आसिक सद र उदयमान खेलाडीको उपाधि आयोजक टोलीका रोनस बुर्जामगर घोषित भए।
कात्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाका ८ वटा क्लबले सहभागिता जनाएका थिए। प्रतियोगितामा उल्लेख्य सहभागिता रहेको आयोजक रौता स्पोर्टस् क्लबका अध्यक्ष हरि आलेमगरले जानकारी दिए।
रौतामाई गाउँपालिकाको विशेष सहयोग तथा रौता स्पोर्टस् क्लबको आयोजनामा सुकौरा खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र आलेमगर, उपाध्यक्ष भूपेन्द्र थापा, रौतामाई गाउँपालिका–७ का वडाध्यक्ष मनोज रानामगरलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।

Last updated:2026 Nov 02 Monday 14:19:27

प्रतिक्रिया
सम्बन्धित समाचार