Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

१८ औ शंस्करणको मिस तामाङको ताज साम्राज्ञीलाई

  • उपहार न्यूज
  • आइतबार, माघ १९ २०८२
१८ औ शंस्करणको मिस तामाङको ताज साम्राज्ञीलाई

उपहार न्यूज
काठमाण्डौ तामाङ जाती किशोरीहरुको एक मात्रै राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगीता मिस तामाङको १८ औ शस्करण शनिबार काठमाण्डौमा सम्पन्न भएको छ । १८ औ शस्करणको मिस तामाङको उपाधि काठमाण्डौ बौद्धकी साम्राज्ञी मोक्तानले पहिरेकी छिन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान मिस तामाङ बनेकी हुन् । उनलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन् । विजेताले नगद ५० हजार रुपैयाँका साथ विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार हात पारेकी छिन् । उनले आयोजकले निर्धारण गरेको सब टाइटल मिस कन्फिडेन्ट, भ्युअर चोइस टाइटलसमेत हात पारिन् ।
इन्जिनियर बन्ने सपना बोकेकी १८ वर्षीया मोक्तानले परिवारको माया र साथले यो सफलता पाएको र अब महिला सशक्तीकरणमा काम गर्ने बताइन् । प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनरअप बनिन् भने सृष्टि थिङ तामाङ सेकेन्ड रनरअप बनिन् । त्यसैगरी ओसिन गोले तामाङ थर्ड रनरअप बनिन् ।
फस्ट रनरअपलाई ३० हजार, सेकेन्ड रनरअपलाई २० हजार र थर्ड रनरअपलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिएको आयोजक मम्स इन्टरनेसनलकी अध्यक्ष रञ्जिता लामाले बताउनु भयो । विजेताहरुलाई प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ र नायक अमिर दोङले टाइटल तथा पुरस्कार प्रदान गरे ।प्रतियोगितामा मिस फोटो जेनिकको टाइटल सृष्टि थिङ तामाङ, मिस ट्यालेन्टको टाइटल देवी वाइबा तामाङ, बेस्ट ड्रेस र मिस मल्टिमिडियाको उपाधि एश्वर्य घिसिङ तामाङ, बेस्ट वाक र ब्युटिफुल हेयरको टाइटल सुजिना गोङ्बा तामाङ, मिस पर्सनालिटीको उपाधि कबिना वाइबा तामाङ, मिस डिसिप्लेनको टाइटल पूजा जिम्बा तामाङ, ब्युटिफुल हेयरको उपाधि र बेस्ट स्माइलको उपाधि सोर्णिमा थिङ तामाङले जितिन् । निर्णायक मण्डलमा सफलता थिङ, शेषराज भट्टराई, लेक योञ्जन र प्रदीप बम्जन थिए । तामाङ समुदायका किशोरीहरुको सौन्दर्य, व्यक्तित्व विकास गर्ने लक्ष्यका साथ विगत देखि नै संचालन हुदै आएको कार्यक्रमलाई निरन्तरता दिई रहेन आयोजक समितिका अध्यक्ष रञ्जिता लामाले बताउनु भयो ।

Last updated:2026 Feb 01 Sunday 08:28:36

प्रतिक्रिया
सम्बन्धित समाचार