Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

  • उपहार न्यूज
  • आइतबार, साउन २४ २०८३
हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह कपिलवस्तुको जंगलमा मृत अवस्थामा फेला परेका छन्।कपिलवस्तु नगरपालिका–३, देवनगडियाका करिब ६५ वर्षीय सिंह साउन २२ गते साँझ ५स्३० बजेदेखि हराएका थिए। उनी बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेस्थित तौलिहवा सडकखण्डअन्तर्गत तिलौराकोट सामुदायिक जंगलमा हराएका थिए।

हराएपछि खोजतलास गर्ने क्रममा साउन २४ गते दिउँसो सोही सामुदायिक जंगलमा सिंह मृत अवस्थामा फेला परेका हुन्।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Last updated:2026 Aug 09 Sunday 12:31:26

प्रतिक्रिया
सम्बन्धित समाचार