Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मदिराको नशामा विवाद, चक्कु प्रहारबाट सोलुखुम्बुमा ४६ वर्षीयको मृत्यु

  • उपहार न्यूज
  • आइतबार, साउन २४ २०८३
मदिराको नशामा विवाद, चक्कु प्रहारबाट सोलुखुम्बुमा ४६ वर्षीयको मृत्यु

सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र विवादका क्रममा रिसको आवेगमा चक्कु प्रहार गरेको स्वीकार गरेका छन्।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण तथा विवरण संकलन गर्दै अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
पक्राउ परेका कार्कीमाथि घटनाको प्रकृति, कारण तथा अन्य संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Last updated:2026 Aug 09 Sunday 05:35:17

प्रतिक्रिया
सम्बन्धित समाचार