Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी

  • उपहार न्यूज
  • आइतबार, साउन २४ २०८३
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे। उनले आफूहरूलाई प्रवासमा जान बाध्य पारेर बनाइएको संविधानमा आफ्नो अधिकार नसमेटिएको समेत बताए । ‘यो देशमा अहिलेको वर्तमान संविधान लागू गरिरहँदा यो रेशम चौधरी थारुहट विद्रोहका कारण प्रवासमा थियो। हामीलाई प्रवासमा लखेटिएर जाने गरेको संविधानमा हाम्रो अधिकार किञ्चित लेखिएन,’ उनले भने। उनले पहिचानको माग गर्दा जेल जानुपरेको र आन्दोलनका क्रममा हतकडी तथा नेल लगाइएको बताए।‘हामीले पहिचान माग्यौँ, त्यसको बदलामा जेल पायौँ। हामीले मुठ्ठी उचाल्यौँ, हातमा हतकडी लगाइयो। जबर्जस्ती चलमलाउन खोज्यौँ, खुट्टामा नेल ठोकियो,’ चौधरीले भने। चौधरीले संघर्षको अनुभव आफूहरूलाई कसैले सिकाइरहनु नपर्ने बताए। लामो समयदेखि अधिकारका लागि संघर्ष गरे पनि आफूहरूभित्रको असमञ्जस्यताका कारण उपलब्धि हासिल गर्न नसकिएको हो कि भन्ने समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। ‘संघर्ष कस्तो हुन्छ, कसैले कसैलाई सुनाइरहन पर्दैन। संघर्ष हामीले यति ग¥यौँ र यति गर्दैछौँ। तर लाग्छ, कहीँ कतै हामीभित्रको असमञ्जस्यताले हामीले प्राप्ति नपाएको त हैन ?’ उनले प्रश्न गरे। उनले विभिन्न समुदाय र पहिचानबीच एकता कायम गर्नुपर्नेमा जोड दिए। पोसाक र संस्कृतिका विविधतालाई एकतामा जोड्दै उनले अधिकार प्राप्तिका लागि साझा मोर्चा आवश्यक रहेको बताए। ‘दौरासुरुवालको फेरसँग हात मिलेपछि, धोतीसँग माया मिलेपछि, चौबन्दीसँग छाती जोडिएपछि सबैकुरा नमिले पनि परिश्रमले चुहाएको पसिना पुछिदिने गम्छा त मिल्छ नि,’ उनले भने। अधिकार र उपलब्धिका लागि सबै पक्षबीच एकता आवश्यक रहेको उल्लेख गर्दै चौधरीले त्यसका निम्ति अग्रगामी मोर्चाको एकबद्धता अपरिहार्य रहेको बताए।‘अग्रगामी मोर्चा गठन भइरहँदा धेरैलाई कतै यो बेमौसमी बाजा त होइन भन्ने लागेको छ। धेरैलाई इष्र्या छ, कोट्याएर म पनि सहभागी भइजाऊँ कि भन्ने छ। धेरैलाई जिज्ञासा छ, अब यिनीहरूले के गर्ने हुन् ?’ उनले भने। मोर्चाले गर्ने कामबारे आगामी कार्यपत्रले स्पष्ट पार्ने बताउँदै चौधरीले देशमा संविधान कार्यान्वयन भइरहँदा पनि आफूहरूको अधिकार सुनिश्चित हुन नसकेको दाबी गरे। ‘त्यसका निम्तिपनि मोर्चाको एकवद्धता चाहिन्छ,’ उनले भने।

Last updated:2026 Aug 09 Sunday 00:18:07

प्रतिक्रिया
सम्बन्धित समाचार