Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सुनसरीमा ४१८ किलो गाँजासहित चार जना पक्राउ

  • उपहार न्यूज
  • शनिबार, साउन २३ २०८३
सुनसरीमा ४१८ किलो गाँजासहित चार जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। बराहक्षेत्र नगरपालिका–११ स्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा प्रहरीले चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराहक्षेत्रबाट चतरा जाँदै गरेको कार र मोटरसाइकललाई रोकेर जाँच गरेको थियो। त्यसक्रममा कारभित्र २२ वटा प्लास्टिकका पोकामा लुकाएर राखिएको ४१८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको कार तथा मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय धमन राई, ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ का २२ वर्षीय जिबनी राई, मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा सवार २८ वर्षीय शंकर चौधरी रहेका छन्।उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले घटनामा गाँजाको स्रोत तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

Last updated:2026 Aug 08 Saturday 06:55:40

प्रतिक्रिया
सम्बन्धित समाचार