Upahar News सोमबार, भाद्र १५ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • उपहार न्यूज
  • बिहिबार, साउन २१ २०८३
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

काठमाडौं । युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका—३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका—२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

रिजवानले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका—३१ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Last updated:2026 Aug 06 Thursday 06:34:35

प्रतिक्रिया
सम्बन्धित समाचार