कैलाली — कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक सवारीसाधन एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्।
लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीस्थित अस्पतालतर्फ पठाइएको छ। बसमा सवार अन्य २७ जना भने सकुशल रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको भए पनि दुवै सवारी चल्ने अवस्थामा रहेका छन्। सडकमा सवारी आवागमन भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। घटनापछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
घाइते हुनेहरूस्
कैलाली, लम्कीचुहा नगरपालिका–१ निवासी ५० वर्षीया लक्ष्मी शाही
कैलाली, लम्कीचुहा नगरपालिका–५ निवासी ५३ वर्षीया कृष्णा देवी टमटा
कैलाली, लम्कीचुहा नगरपालिका–५ निवासी ५५ वर्षीया बासु देवी टमटा
कालिकोट, नरहरिनाथ गाउँपालिका–८ निवासी ४८ वर्षीय प्रवे बिष्ट
रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–७ निवासी २१ वर्षीया बिना शाही
उनका १ वर्षीय छोरा लविश चन्द
अछाम, बिनायक नगरपालिका–८ निवासी २१ वर्षीया निर्मला सञ्ज्याल