Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सहकारीको आयोजनामा अचार उत्पादन तालिम कृषिको व्यवसायीकताबाट मात्रै आर्थिक विकास र समृद्धि ः कार्की

  • उपहार न्यूज
  • आइतबार, मंसिर २२ २०७६
सहकारीको आयोजनामा अचार उत्पादन तालिम  कृषिको व्यवसायीकताबाट मात्रै आर्थिक विकास र समृद्धि ः कार्की

उपहार न्यूज
उदयपुर मंसीर २२
प्रदेश सभा सदस्य हिमाल कार्कीले कृषिबाट मात्रै देशको आर्थिक विकार र समृद्धि आउने भएकाले कृषिलाई परम्परागत भन्दा व्यवसायीक रुपमा अघि बढाउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले देशको अर्थतन्त्रमा कृषिको महत्वपूर्ण स्थान भए पनि कृषि प्रति आकर्षण घट्दो अबस्थामा रहेकाले कृषिको व्यवसायीक विकासमा लाग्नका लागि आग्रह गर्नु भएको हो ।
कृषि उत्पादनबाट विभिन्न उत्पादन गर्न सकिने भएकाले त्यसलाई व्यवसायीक ढंगले अघि बढाउनका लागि आग्रह गर्नु भएको छ । उदयपुर कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सुरु भएको ७ दिने अचार बनाउने तालिमको समापनको क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
गाईघाट स्थित कञ्चनजंघा होटलमा सहकारीको आयोजनामा सुरु भएको तालिममा विभिन्न स्थानबाट १३ जनाले सहभागीता जनाएका थिए । तालिममा सहभागीहरुले विभिन्न किसिमका अचारहरु उत्पादन गरेका छन््, आफुहरुले अचार उत्पादन संबन्धि तालिम लिएको र अब यसलाई व्यवसायीक रुपमा अघि बढाउने तालिमका सहभागीहरुले बताएका छन् ।
तालिम समापनको क्रममा त्रियुगा नगरपालिका उप प्रमुख देवीकुमारी चौधरीले महिला उद्यमशिलताको विकासको लागि तालिम महत्वपर्ण उपलब्धी हासिल गरेको बताउनु भयो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सरोजकुमार बस्नेत, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख अक्रम खा चौधरी, घरेलु महासंघ उदयपुरका अध्यक्ष मधुकर थापा, महिला अधिकारकर्मी नजबुल खान, त्रियुगा नगरपालिका सहकारी शाखा प्रमुख राजकुमार खड्काले सहकारीले आयोजना गरेको तालिम महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण भएको बताए । तालिममा दिनानाथ शिवाकोटीले प्रशिक्षण दिनु भएको थियो, उहाँले विभिन्न किसिमका अचार उत्पादनको लागि आफुले प्रशिक्षण गरेको र आगामी दिनमा तालिमका सहभागीहरु उद्यमी भएर अघि बढ्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । तालिमबाट लिएको ज्ञानलाई व्यवहारिक भएकाले यसलाई अब उद्यमको रुपमा विकास गरेर अघि बढ्ने तालिमका सहभागी सुसिला राईले बताईन् । उदयपुर कृषि सहकारीले चाडै गाईघाटबाट अचार उद्योग संचालनमा ल्याउन लागेकाले तालिम फलदायी भएको सहकारीका अध्यक्ष ज्योती पाण्डेले जानकारी दिनु भयो । तालिममा सहभागी १३ जना मध्य उत्कृष्ट २ जनालाई सहकारीले संचालनमा आउन लागेको अचार उद्योगमा रोजगारी समेत दिन लागेको अध्यक्ष पाण्डेले जानकारी दिनु भयो ।

Last updated:2019 Dec 08 Sunday 15:42:25

प्रतिक्रिया
सम्बन्धित समाचार