Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

समानता र पहिचानको लागि शिक्षाको महत्व बुझाउदै अन्तरक्रिया

  • उपहार न्यूज
  • मंगलबार, बैशाख २२ २०८३
समानता र पहिचानको लागि शिक्षाको महत्व बुझाउदै अन्तरक्रिया

उपहार न्यूज
उदयपुर बैशाख २२
समानता र पहिचानको लागि शिक्षाको महत्व बुझाउनको लागि उदयपुरका विभिन्न तीन स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा मदिना मञ्जरी (नजबुल) फाउण्डेशनको आयोजनामा उदयपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । हरेक घर हरेक पालिका हुनु पर्छ साहसी बालिका, हिंसा गर्नु हुदैन हिंसा सहनु हुदैन, हिंसा देखेर मौन रहनु हुदैन, न माईती घर न श्रीमानको थर मलाई आफ्नै नामबाट चिनिने रहर लगायतका नारा साथ कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष नजबुल खानले बताउनु भयो ।
फाउण्डेशनले बैशाख ७ र ८ गते त्रियुगा नगरपालिका ६ जलजले, बैशाख ९ र १० गते त्रियुगा नगरपालिका ५ श्रीपुर, बैशाख २१ र २२ गते गाईघाट गरी तीन स्थानमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा ९९ महिला २२ पुरुष गरी १२१ जनाको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिका बालबालिका फोकल पर्सन भिमकुमारी राई, त्रियुगा नगरपालिका शिक्षा शाखा प्रमुख शिवकुमारी राउत, जिल्ला अस्पताल उदयपुरका डाक्टर निर्मला चौधरी, पत्रकार भोटराज राई र फाउण्डेशनका अध्यक्ष नजबुल खानले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अगुवा महिला, मधेशी, मुस्लीम समुदायको विशेष प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा दहेज प्रथाको अन्त्य बाल विवाह मुक्त समाज र
हरेक निकायमा ५० % महिला सहभागिताको माग साथै
स्वास्थ्य र सुचनाको हक सम्बन्धी छलफल भएको थियो।

Last updated:2026 May 05 Tuesday 16:51:30

प्रतिक्रिया
सम्बन्धित समाचार