उपहार न्यूज
उदयपुर चैत ७
संगम सामुदायीक पुस्तकालयले आफ्नो स्थापनाको २२ औ बर्ष पुरा गरेको अबसरमा शनिवार जिल्ला कारागार उदयपुरको उत्कृउष्ट पाठकलाई पुरस्कृत गरेको छ । पुस्तकालय स्थापनाको २२ बर्ष पुरा भएको अबसरमा कारागार भित्र स्थापना गरिएको पुस्तकालयबाट नियमित पुस्तक अध्यायन गर्ने पाठकहरु मध्यबाट नियमित पुस्तक अध्यायन गर्ने पाठक पुरस्कृत गरिएको हो ।
संगम सामुदायीक पुस्तकालयले जिल्ला कारागार उदयपुर संगको समन्वयमा चक्रिय प्रणालीमा पुस्तक उपलब्ध गराउदै आएको पुस्तकालयका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो । पुस्तकालयको २२ औ बार्षिक साधरण सभाको पूर्वसन्ध्यामा जिल्ला कारागार उदयपुरमा रहेका सुुरज बस्नेतलाई उत्कृष्ट पाठकको रुपमा पुरस्कृत गरिएको हो । उनलाई प्रेस काउन्सील नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पुरस्कृत गर्नु भएइको हो । कार्यक्रममा बोल्दै डा. आचार्यले पुस्तकहरुको अध्यायन बाट सकरात्मक परिवर्तन आउनुका साथै भोली सामाजिकरुपमा स्थापित गर्नका लागि ज्ञानहरु समेत हासिल हुने बताउनु भयो ।
उहाँले पुस्तक अध्यायन संगै स्थानिय संचार माध्यमहरुमा आफ्ना लेख र रचनाहरु समेत प्रकाशन गरी उदाहरणीय कार्यको सुरुवात गर्नका लागि समेत कैदीबन्दीहरुलाइ आग्रह गर्नु भयो । पुस्तकालयका अध्यक्ष भरत खड्काले संगम सामुदायीक पुस्तकालकाय पठन संस्कृतिको विकास गर्दै सकरात्मक उर्जा बृद्धिको लागि परेकाले ५० प्रतिशत छुटमा कैदीबन्दीहरुका लागि पुस्तकालयको आजीवन सदस्यताको लागि समेत आव्हान गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष तथा त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले दैनिक रुपमा उदयपुरबाट प्रकाशन हुने पत्रपत्रिकाहरु कारागारमा नियमित उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । संगम सामुदायीक पुस्तकालय संगको सहकार्यमा जिल्ला कारागारका कैदीबन्दीहरुको लागि पुस्तक नियमित उपलब्ध हुने आफैमा खुसीको बिषय बनेको कारागार उदयपुरका प्रमुख उज्जल सुवेदीले जानकारी दिनु भयो ।