Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

जनचेतना जगाउदै वन डढेलो व्यवस्थापन सप्ताह सम्पन्न (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शनिबार, चैत्र ७ २०८२
जनचेतना जगाउदै वन डढेलो व्यवस्थापन सप्ताह सम्पन्न (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर चैत ७
वन डढेलो नियन्त्रणमा प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागीता भन्ने नारा सहित  उदयपुरमा वन डढेलो व्यवस्थापन सप्ताह सम्पन्न भएको छ । चैत १ गते देखि सुरु भएको सप्ताह शनिवार विहान डिभिजन वन कार्यालय उदयपुरको आयोजनामा प्रभातफेरी सहित सम्पन्न भएको हो ।
वन डढेलो नियन्त्रण सप्ताह अन्तर्गत डिभिजन वन कार्यालय उदयपुरले विभिन्न चरणमा कार्यक्रमहरु सम्पन्न गरेको छ । गाईघाटमा संचालन हुने अटोहरुमा स्टीकर टास्ने, विद्यालयका बालबालिकाहरुलाई वन डढेलो व्यवस्थापनको बिषयमा जानकारी प्रदान गर्ने, सामुदायीक वनका पदाधिकारीहरुलाई डढेलो नियन्त्रणको बिषयमा प्रशिक्षण गर्ने लगायतको कार्यक्रमहरु गरिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । वन डढेलो व्यवस्थापन सप्ताहको समापनको अबसरमा शनिवार विहान डिभिजन वन कार्यालय उदयपुरबाट पञ्चे बाजा सहित प्रभातफेरी सुरु गर्दै बोक्से–करमगाछि–सिमलटार–शिवालयटोल हुदै पिपल चोकमा आएर समापन गरिएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय उदयपुरका कर्मचारी, सामुदायीक वन उपभोक्ता महासंघका पदाधिकारी, सामुदायीक वनका प्रतिनिधि, उपभोक्ता, पत्रकार लगायतको सहभागीता रहेको थियो । गाईघाट पिपल चोकमा आयोजित कोण सभालाई संबोधन गर्दै डिभिजन प्रमुख गजेन्द्रकुमार श्रेष्ठले यस किसिमको कार्यक्रम केवल सांकेतीक मात्रै भएकाले वन डढेलो नियन्त्रणको लागि वनमा बसेर अभियानलाई सार्थकता दिनु पर्ने बताउनु भयो । उहाँले वन डढेलो प्राकृतिक भन्दा पनि मानवीय कारणले हुने भएकाले सबैले सचेतना जगाउनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले वन डढेलो लगाउनेलाई ३ बर्ष कैद वा ६० हजार सम्म जरिवानाको व्यवस्था कानुनमा भएकाले त्यस किसिमको कामहरु नगर्न र नगराउन आग्रह समेत गर्नु भयो । कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले वन डढेलो नियन्त्रणको लागि सबै पक्ष लाग्नु पर्ने बताउनु भयो । वन डढेलो नियन्त्रण गर्नमा सक्रिय हुने र उत्कृष्ट कार्य गर्ने सामुदायीक वनलाई पुरस्कृत गर्ने व्यवस्था समेत गरिने बताउनु भयो । वन डढेलो व्यवस्थापन सप्ताह पछि पनि जिल्लामा यस किसिमका गतिविधिलाई डिभिजन वन, सामुदायीक वन र उपभोक्ता विचमा समन्वय गरेर निरन्तर संचालन गरिने वन अधिकृत जागेश्वर साहले बताउनु भयो ।

Last updated:2026 Mar 21 Saturday 07:13:20

प्रतिक्रिया
सम्बन्धित समाचार