उपहार न्यूज
उदयपुर चैत ३
चैत बैशाख महिना सुरु भए संगै हावाहुरी र वन डढेलोको घटनाहरु बढ्न सक्ने अबस्थालाई मध्यनजर गर्दै त्यसको व्यवस्थापनमा डिभिजन वन कार्यालय उदयपुर लागि परेको छ । वन डढेलो नियन्त्रणमा लिनको लागि डिभिजन वन कार्यालय उदयपुरले सप्ताहव्यापी कार्यक्रम गर्दै मनाउन सुरु गरिएको डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत जागेश्वर साहले बताउनु भयो ।
वन डढेलो नियन्त्रणमा प्रभावकारिता ः तीनै नहका सरकार र समुदायको सहभागीता भन्ने नारा सहित डिभिजन वन कार्यालयले चैत १ देखि ७ गते सम्मको लागि वन डढेलो नियन्त्रण सप्ताह सुरु गरेको हो । अभियान अन्तर्ग डिभिजन वन कार्यायले उदयपुरले गाईघाट आसपासमा संचालन हुने अटो रिक्साहरुमा सन्देशमुलक स्टीकर टास्ने, विद्यार्थीहरुलाई वन डढेलो नियन्त्रणको लागि सचेतना जगाउने कार्यक्रम सम्पन्न गरेको छ । यता मंगलबार डिभिजन वन कार्यालय उदयपुरको परिसरमा स्थानिय सामुदायीक वनका पदाधिकारीहरुलाई सहभागी गराएर सचेतना मुलक कार्यक्रम आयोजना गरिएको वन अधिकृत साहले जानकारी दिनु भयो । सप्ताह अन्तर्गत चैत ७ गते सम्म विभिन्न कार्यक्रमहरुको संचालन भैरहेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । सप्ताहमा आयोजित कार्यक्रमलाई वन अधिकृत साहका साथै वन अधिकृतहरु राम भगत यादव, भुवन पौडेल लगायतले सहजीकरण गरीरहनु भएको वन अधिकृत साहले जानकारी दिनु भयो । वन डढेलोका कारण सामाजिक आर्थिक र वातवरणीय प्रभाव समेत रहेकाले बर्षेनी हुदै आएको वन डढेलो नियन्त्रण गर्नु सबैको कर्तव्य रहेको वन अधिकृत साहले जानकारी दिनु भयो ।
मानवीय व्यवहारका कारण नै अधिकांस ठाउमा वन डढेला लाग्ने गरेकाले समुदाय सचेतना अभिवृद्धि सहित पूर्व तयारीका काममा लागेको अवस्था र पूनस्र्थापना समेतका पक्षबारे जानकारी गराईनले लक्ष्यका साथ अभियान सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अभियान मार्फत समुदायलाई अगालागी व्यवस्थापनमा सचेतना जगाउनुको साथै चैत बैशाखमा हुने अनियन्त्रीत आगालागी नियन्त्रण गर्ने योजना रहेको कार्यालयले जनाएको छ । अभियानलाई वन विज्ञानका विद्यार्थीहरुले समेत सहजीकरणमा सहयोग पु¥याउदै आएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।


