उपहार न्यूज
उदयपुर फागुन ३
आगामी फागुन २१ गतेको लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको लागि जनस्तरमा मतदाता शिक्षा प्रदान गर्नका लागि मतादाता शिक्षा स्वयंसेवकहरुलाई अभिमुखीकरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको समन्वयमा शनिवार त्रियुगा नगरपालिकाको अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा त्रियुगा नगरपालिकाको १६ वटै वडाबाट स्वस्थ्य स्वयंसेवीकाहरुको सहभागीता रहेको अभिमुखीकरण कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहनु भएका त्रियुगा नगरपालिकाका प्रशासन शाखा प्रमुख जनक प्रसाद ढुंगनाले जानकारी दिनु भयो ।
निर्वाचनमा मतदाता शिक्षाको अभावमा कतिपय अबस्थामा मत बद्दर हुने अबस्थालाई न्यूनीकरण गर्नका लागि मतदाता शिक्षा अभिमुखीकरण गरिएको प्रशासन शाखा प्रमुख जनकप्रसाद ढुंगनाले जानकारी दिनु भयो ।