Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

हुर्रा नाचमा झुमे मग झुमे मगर

  • उपहार न्यूज
  • शनिबार, माघ ४ २०८२
हुर्रा नाचमा झुमे मग झुमे मगर

उपहार न्यूज
उदयपुर माघ ३
नेपाल मगर संघ त्रियुगा नगर समितिको आयोजनामा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ बोक्से स्थित गंगा खेलमैदानमा एक दिने माघे सकराति मेला तथा हुर्रा महोत्सव २०८२ सम्पन्न भएको छ । ‘मगरात सभ्यता र पहिचान दस्तावेजीकरणको दशक मनाऔँ, गरौँ मगर हुनुमा गर्व’ प्रकृती–पित्र–चेली पुजाको मूल सांस्कृतिक चाडको रुपमा मनाऔँ माघेसकराति पर्व’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना भएको हो ।
महोत्सवको उद्घाटन त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, रौतमाई गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार आले, ताप्ली गाउँपालिका उपाध्यक्ष धनमाया मगर, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, स्थानिय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, मगर समुदायका विभिन्न स्थानबाट सहभागीहरु रहेका थिए ।
नेपाल मगर संघ वडा नम्बर १० बोक्सेको सह आयोजनामा भएको कार्यक्रममा मगर नृत्य, सांस्कृतिक झाँकी नृत्य प्रस्तुत गरिएको । कार्यक्रममा लोकप्रिय गायक सागर आले मगर, शिब थापा मगर र गायिका पुजा क्यापछाकी मगरको बेजोड प्रस्तुतीमा हुर्रा नृत्य भएको थियो । माघे सकराती सँगै मगर समुदायको मिनाम ल्हेस ५०१९ सुरु भएको नेपाल मगर संघ त्रियुगा नगर समितिका अध्यक्ष ज्ञानेन्द्र मगरले जानकारी दिनु भयो ।

Last updated:2026 Jan 17 Saturday 14:25:02

प्रतिक्रिया
सम्बन्धित समाचार